अर्डर नै नगरी अमेजनबाट सयभन्दा बढी पार्सल घरमा आएपछि…

डिसी नेपाल
२० साउन २०८० १३:४२

काठमाडौं । मानिसहरु आजको समयमा धेरै भन्दा धेरै अनलाइन शपिंग गर्छन्। यसका लागि कहिले अग्रिम भुक्तान गरिन्छ र कहिले क्यास अन डेलिभरी । तर भर्जिनियाकी एक महिलासँग जे भयो त्यो अचम्मको थियो। ती महिलाले अचानक सपिङ वेबसाइट अमेजनबाट धेरै पार्सलहरू प्राप्त गर्न थालिन् ।

अचम्मको कुरा के भने ती महिलाले कुनै सामान अर्डर गरेकी थिइनन् र उनको घरमा आउने प्याकेजको संख्या १०० भन्दा बढी थियो । भर्जिनियाकी सिन्डी स्मिथले भनिन् कि प्याकेजहरू भर्खरै उनको प्रिन्स विलियम काउन्टीको घरमा देखा पर्न थाले, र उनले चाँडै लगभग १ हजार हेडल्याम्प, ८ सय ग्लु गन र दर्जनौं जोडी दूरबीनहरू प्राप्र गरिन् ।

स्मिथले डब्लुएसए-टिभी लाई भनिन्, ‘मैले मेरो कारमा हेडल्याम्प र ग्लु गन बोकेकी छु र बाटोमा भेटेका मानिसहरूलाई बाँड्छु।’ स्मिथको ठेगाना प्याकेजमा छ तर नाम जिलियाओ झाङ लेखिएको छ । स्मिथले यो नाम पहिले कहिल्यै नसुनेको बताइन् ।

स्मिथले भनिन्, “हामीले सुरुमा यो घोटाला हो भन्ने सोचेका थियौं, तर यी प्याकेटहरू भर्खरै आइरहे।” यद्यपि यस्तो भएको यो पहिलो घटना होइन। वाशिंगटन डीसीका लिज गेल्टम्यानले मे महिनामा यस्तै अवस्थाको सामना गरे जब उनको घर बच्चाको तन्नाको प्याकेजले भरिएको थियो जुन उनले अर्डर गरेका थिएनन्।

त्यस्तै, क्यालिफोर्नियाको सेक्रामेन्टोकी कोनी म्याथ्युजले डिसेम्बर २०२२ मा अमेजनबाट करिब १०० स्पेस हिटरहरू प्राप्त गरे । उनले पनि अर्डर गरेका थिएनन् ।

अमेजन अधिकारीहरूले भने कि उनीहरूले सबै घटनाहरू हेरे र पत्ता लगाए कि स्मिथ र गेल्टम्यानकहाँ पुगेका प्याकेजहरू विक्रेताहरूले अमेजन पूर्ति केन्द्रहरूबाट बिक्रि नभएका सामानहरू हटाउन र्‍याण्डम ठेगानाहरूमा प्याकेजहरू पठाउनुका परिणाम हुन्।

न्युयोर्कस्थित अधिवक्ता सीजे रोजेनबमले भने कि त्यस्ता बिक्रेताहरूले जब आफ्नो बिक्री नभएका उत्पादनहरू अमेजन गोदामहरू बाहिर सार्न आवश्यक पर्दछ उनीहरूले र्‍याण्डम ठेगानाहरू छान्छन् र त्यसपछि उनीहरूले त्यहाँ पठाउँछन् किनभने यो उनीहरूका लागि सस्तो छ। वर्तमानमा, अमेजनले भनेको छ कि यस्ता बिक्रेताको खाता बन्द गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *