युएईले बार्बी फिल्म रिलिज गर्न अनुमति दियो, ट्रान्सजेन्डर चरित्रका कारण प्रतिबन्धको डर थियो

डिसी नेपाल
२१ साउन २०८० १०:५९

काठमाडौं । चलचित्र बार्बी अर्को साताबाट युएईका सिनेमाघरमा प्रर्दशन हुँदैछ । त्यहाँ सरकारले यो फिल्मलाई रिलिज गर्न स्वीकृति दिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय स्तरमा सफल भनिएको यो कमेडी चलचित्रलाई युएईले प्रतिबन्ध लगाउने तयारी गरेको आशंका गरिएको थियो ।

यी आशंकाको कारण पनि थियो । यो फिल्ममा एक क्यारेक्टर ट्रान्सजेन्डरको रहेको र युएईमा यसको बारेमा प्रतिक्रिया आउन सक्ने बताइएको थियो ।

युएईको मिडिया काउन्सिलले बार्बीको रिलिजलाई स्वीकृत गर्न तीन हप्ताको ढिलाइको कुनै कारण बताएको छैन।

तर जोर्डन र इजिप्टमा पनि बार्बीसँग यस्तो भएको छ ।

गत वर्ष, धेरै अरब देशहरूले स्पाइडर-म्यानको रिलिजमा प्रतिबन्ध लगाए किनभने फिल्म निर्माण गर्ने स्टुडियोले ट्रान्सजेन्डर क्यारेक्टरलाई सेन्सर गर्न अस्वीकार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *