३०० रुपैयाँले बढ्याे सुनको भाउ

डिसी नेपाल
२१ साउन २०८० ११:४९

काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।

यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *