पसलेले बेइज्जत गरेपछि बदला लिन पसलको सबै सामान किनेर भुइँभरी छरिदिए

डिसी नेपाल
२१ साउन २०८० १४:४०

काठमाडौं । चाउचाउ बेच्ने एकजना पसलले एक व्यक्तिलाई तिमीले यो किन्न सक्दैनौ भने । यो सुनेर ती व्यक्तिले अपमानित महसुस गरे । बदला लिन उनले सबै चाउचाउ किनेर भुइँमा फ्याँकिदिए ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । ती व्यक्तिले पसलेलाई ८५० युआन दिएर सबै चाउचाउका प्याकेट किनेर खेर फाले । कुरा चीनको शानडोङ प्रान्तको हो ।

उक्त भिडियो स्थानीय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । घटना २४ जुलाइका दिन राति बजारमा भएको थियो ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ती व्यक्तिले पसलेलाई एक कचौरा चाउचाउको मूल्य १४ युआन धेरै भएको बताए। उनले बारम्बार त्यसमा मिसाइएका सामग्रीको बारेमा सोधिरहे। त्यसमा एउटा अण्डा र दुई वटा भेज लिभ्स मात्रै रहेको पसलेले बताए ।

त्यसपछि त्यो मानिसले पसलेलाई भने, ‘त्यसोभए १४ युआनमा कुन हिसाबले बेचिँदैछ ? यो धेरै महँगो छैन ?’ पसले केही बोलेनन् । त्यसपछि व्यक्तिले भने, ‘तपाइँ के गर्दै हुनुहुन्छ?’ पसलेको छोराले भने, ‘किन्न नसके यहाँबाट जाऊ।’

त्यसपछि ती व्यक्तिले प्रत्येक प्याकेटको मूल्य सोधे र सबै किन्ने बताए। उनले ८५० युआन दिए र सबै प्याकेट किने । त्यसपछि उनले ती प्याकेटहरू भुइँमा राखे र खुट्टाले कुल्ची दिए। त्यसपछि उनले केही रकम क्षतिपूर्ति पनि दिए ।

यसपछि पसलेको छोराले माफी मागे तर व्यक्तिले भने कि ‘जे मेरो हो के म त्यसलाई बिगार्न पनि सक्दिन ?’ सामाजिक सञ्जालमा यो विषयलाई लिएर बहस भएको छ । एक प्रयोगकर्ताले भने, ‘उनले तपाईलाई गाली गरे र तपाईले उनलाई ८५० युआन दिनुभयो। के तपाइँ सही हुनुहुन्छ ?’ अर्का एक व्यक्तिले भने, ‘यो युवाले गरेको मूर्खता हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *