खेलाडी ढिलो दौडेर देशकै बेइज्जत भएपछि खेलकुद अधिकारी निलम्बित

डिसी नेपाल
२२ साउन २०८० ११:२४

काठमाडौं । सोमालियामा धावक नभएपनि एक युवतीलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पठाएको आरोपमा एक खेलकुद अधिकारीलाई निलम्बन गरिएको छ ।

नसरा अबु बकर अली नामकी युवतीलाई चीनमा आयोजना हुने विश्व विश्वविद्यालय खेलकुदको १०० मिटर दौडका लागि पठाइएको थियो तर दौड सकिएपछि धावकको पर्दाफास भयो ।

नसराले दौड पूरा गर्न विजेताको दुई गुणा समय लगाएपछि उनको छनोटमा प्रश्न उठेको थियो ।

नसराले १०० मिटर दौड पूरा गर्न २१ दशमलव ८१ सेकेन्ड लगाएकी थिइन् भने विजेताले दश सेकेन्ड अगावै दौड पूरा गरेका थिए ।

सोमालियाको युवा तथा खेलकुद मन्त्रालयले अनुसन्धान गर्दा नासरा अबुबाकर न त खेलाडी हो न धावक हो भन्ने खुलासा भएको थियो ।

सोमाली एथलेटिक्स महासंघका अध्यक्षलाई आफ्नो शक्तिको दुरुपयोग गरी सोमालियालाई बदनाम गरेको आरोप लगाइएको छ।

देशको खेलकुद मन्त्रालय र राष्ट्रिय ओलम्पिक कमिटीबीचको बैठकपछि खादिजो अदेन दाहिरलाई पदबाट हटाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *