पाकिस्तानमा हजारा एक्सप्रेसको रेल दुर्घटनामा १५ जनाको मृत्यु

डिसी नेपाल
२२ साउन २०८० १२:४५

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा हजारा एक्सप्रेस रेल दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भएको छ । रेलमन्त्री साद रफिकले यसको पुष्टि गरेका छन्।

उनले भने, ‘संघार दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।’

साद रफिकले लाहोरमा पत्रकार सम्मेलनमा भने, “ट्रेन सही गतिमा दौडिरहेको थियो र यसको गति ४५ किलोमिटर प्रति घन्टा थियो।”

तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशंका यसअघि नै गरिएको थियो ।

यो घटना सिन्धको संघार जिल्लाको सरहरी सहरको हो।

अधिकारीहरुका अनुसार रेलका आठ डब्बा पटरीबाट खसेका र घाइतेहरु यसमा फसेका छन्, उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।

दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीलाई भने: “धेरै यात्रुहरू कोचमुनि दबिएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।”

दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय पुगेका र उनीहरुको सहयोगमा यात्रुलाई बाहिर निकाल्ने काम भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *