दिल्लीको एम्स अस्पतालमा आगलागी, हेर्नुहोस् भिडियो

डिसी नेपाल
२३ साउन २०८० ११:५२

काठमाडौं । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा आगलागी भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एम्सको एन्डोस्कोपी कोठामा आगलागी भएको हो । दिल्ली फायर सर्भिसका अनुसार आगो निभाउनका लागि छवटा दमकल (फायर इन्जिन) घटनास्थलमा पुगेका थिए।

घटनास्थलका तस्विर र भिडियोमा एम्स भवनबाट धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारणबारे जानकारी आउन सकेको छैन । आगलागीबाट कुनै क्षति भए नभएको जानकारी आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *