श्रीलंकामा वायुसेनाको विमान उडेको दुई मिनेटमै दुर्घटना
काठमाडौं । श्रीलंका वायुसेनाको तालिम विमान सोमबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा पाइलट र एक अधिकारीको मृत्यु भएको वायुसेनाका प्रवक्ताले बताएका छन्।
श्रीलंका वायुसेनाका कमाण्डर एयर मार्शल उदेनी राजपक्षेले पाइलटहरूलाई तालिम दिन प्रयोग गरिएको पीटी-६ विमान त्रिन्कोमालीको वायुसेना स्टेशनबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको डेली मिरर वेबसाइटले जनाएको छ।
वायुसेना मिडिया समूहका निर्देशक क्याप्टेन दुशन विजेसिङ्घेले विमानलाई हवाई परीक्षणका लागि श्रीलंका एयरफोर्स स्टेशन चाइना बेमा लगिएको बताए । यो विमान ११:२५ मा उडेको थियो र ११:२७ मा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा सवार एक पाइलट र एक इन्जिनियरको मृत्यु भएको पुष्टि गर्दै उनले श्रीलंका वायुसेनाले दुर्घटनाको अनुसन्धान सुरु गरेको न्युज फर्स्ट पोर्टलले बताएको छ । तमिल बहुसंख्यक त्रिन्कोमाली श्रीलंकाको उत्तरपूर्वी तटमा रहेको बन्दरगाह सहर हो।
Facebook Comment