विश्व स्वास्थ्य संगठनले इराकमा भारतीय कफ सिरपको बारेमा चेतावनी जारी गर्‍यो

डिसी नेपाल
२३ साउन २०८० १५:४०

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इराकमा भारतीय कम्पनीले बनाएको कफ सिरपबारे अलर्ट जारी गरेको छ । यस सिरपमा दूषित रसायन पाइएको डब्ल्यूएचओले जनाएको छ ।

मिन्टका अनुसार डब्ल्यूएचओले भनेको छ, ‘गत वर्ष बनेको कोल्ड आउट सिरप प्रयोग गर्न असुरक्षित छ, विशेष गरी बच्चाहरुको लागि किनकि यसले गम्भीर रोग वा मृत्यु पनि निम्त्याउन सक्छ।”

कोल्ड आउट सिरप डेबिलाइफ फर्माको लागि फोर्टेस इण्डिया ल्याबोरेटरिजले बनाएको हो ।

यद्यपि फोर्टेसका उपाध्यक्ष बाला सुरेन्द्रनले गत महिना ब्लूमबर्गलाई भने कि औषधि निर्माणको काम अब पुडुचेरीमा रहेको शरुन फार्मास्युटिकल्स प्रालिलाई दिइएको छ।

फोर्टसहितको औषधिको नमूनामा पनि दूषित नदेखिएको उनले बताए ।

कोल्ड आउट सिरप प्यारासिटामोल र क्लोरफेनिरामाइनको संयोजन हो जुन चिसो र एलर्जी लक्षणहरूको उपचारमा प्रयोग गरिन्छ।

‘इराकी न्युज’का अनुसार विश्व स्वास्थ्य संगठनले सिरपमा डाइथिलिन (०.२५ प्रतिशत) र इथिलिन ग्लाइकोल (२.१ प्रतिशत) जस्ता प्रदूषकको मात्रा स्वीकार्य सीमा नाघेको जनाएको छ । जबकि यी दुई तत्वहरू प्रयोग गर्ने सुरक्षित सीमा ०.१० प्रतिशत छ।

भारतीय कम्पनीको औषधिमा इथिलिन ग्लाइकोल अत्यधिक मात्रामा भेटिएको यो एक वर्षमा पाँचौं पटक हो ।

गत वर्ष गाम्बिया र उज्वेकिस्तानमा ८९ बालबालिकाको मृत्यु भारतमा बनेको कफ सिरपसँग जोडिएको थियो । भारतीय नियामकहरूले मेरियन बायोटेकको उत्पादन अनुमतिपत्र खारेज गरेका छन्। यो कम्पनीले उज्बेकिस्तानमा सिरप निर्यात गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *