टमाटरको सुरक्षा गर्न खेतमा सीसीटिभी क्यामेरा जडान

डिसी नेपाल
२३ साउन २०८० १६:२२

काठमाडौं । टमाटरको बढ्दो मूल्यलाई ध्यानमा राख्दै महाराष्ट्रको छत्रपति संभाजीनगरका एक किसानले चोरी वा अन्य कुनै अप्रिय घटनाको डरले आफ्नो खेतमा सीसीटीभी क्यामेरा जडान गरेका छन्। टमाटरको उच्च मूल्यको बीचमा उनको फार्ममा क्यामेरा राख्ने निर्णय भएको हो ।

महाराष्ट्रमा टमाटरको मूल्य करिब १६० रूपैयाँ प्रति किलोग्राम छ। टमाटरलाई कुनै पनि भारतीय घरपरिवारमा मुख्य आहारको महत्वपूर्ण अंग मानिन्छ।

आफ्नो खेतमा क्यामेरा जडान गर्न २२ हजार रुपैयाँ खर्च भएको तर यो समयको माग भएको किसान शरद रावतेले बताए । टमाटरको भाउ बढेसँगै अहिले यसको चोरीका धेरै घटना बाहिर आएका छन् ।

सोमबार कर्नाटकको कोलारबाट राजस्थानको जयपुरका लागि करिब २१ लाख रुपैयाँको टमाटर बोकेको ट्रक बेपत्ता भएको कर्नाटक प्रहरीले जनाएको छ। अर्को घटनामा झारखण्डमा चोरहरूले तरकारी बजारको पसलबाट करिब ४० किलो टमाटर चोरेका छन्।

एक महिनाअघि मात्रै खुद्रा मूल्यमा ३०० प्रतिशतले वृद्धि भएको देखिएपछि सरकारले केही राहत उपलब्ध गराउन हस्तक्षेप गरेको थियो । गत साता प्रतिकिलो करिब १२० रुपैयाँमा झरेको भए पनि फेरि दुई सय रुपैयाँभन्दा माथि पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *