आजको विदेशी मुद्राको विनिमय दर, कुबेती दिनारकाे ४२९ रूपैयाँ
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा कायम गरिएकाे छ। हिजो डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९५ पैसा र बिक्री दर १४५ रूपैयाँ ६१ पैसामा काराेबार भएकाे थियो।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २१ पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसामा काराेबार हुनेछ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा काराेबार हुने जनाएकाे बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसा कायम भएकाे छ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४५ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९९ रुपैयाँ र कुवेती दिनार १ को खरिदमूल्य ४२९.६९ पैसा तथा विक्रीदर ४३१.६४ पैसामा काराेबार हुनेछ।
Facebook Comment