अमेरिकाको दावी – वाग्नर समूहले नाइजरमा अस्थिरताको ‘लाभ’ उठाइरहेको छ

डिसी नेपाल
२४ साउन २०८० १५:४५

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसको वाग्नर समूहले नाइजरको अस्थिरताको फाइदा उठाउँदै आएको बताएका छन् ।

वाग्नर समूह रूसी लडाकुहरूको एक निजी सेना हो। यो सेनाले रुसी सेनालाई पनि सहयोग गर्दै आएको छ । यो विश्वास गरिन्छ कि यसका धेरै लडाकुहरू पश्चिम अफ्रिकी देशहरूमा बसेका छन्।

पश्चिम अफ्रिकामा बुर्किना फासो, गिनी, माली र चाडपछि अब नाइजरमा पनि सेना सत्तामा आएको छ । नाइजरमा भएको विद्रोहपछि सत्ता अब सैन्य जनरलहरूको हातमा छ।

त्यहाँ संकेतहरू छन् कि सत्ता कब्जा गरेपछि सेनाका नेताहरूले वाग्नरलाई मद्दतको लागि आग्रह गरे ।

ब्लिन्केनले ‘बीबीसी फोकस अन अफ्रिका’ कार्यक्रममा बताएअनुसार अमेरिका सहेल क्षेत्रमा वाग्नरको उपस्थितिलाई लिएर चिन्तित छ।

उनले भने, “मलाई विश्वास छ कि नाइजरमा के भयो र के भइरहेको छ त्यो रुस वा वाग्नरले उक्साएको होइन, तर तिनीहरूले निश्चित रूपमा यसको फाइदा उठाउने प्रयास गरे।”

ब्लिन्केनले भने, “यो वाग्नर समूहले जहाँ गए पनि मृत्यु र विनाश ल्याएको छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *