इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या

डिसी नेपाल
२५ साउन २०८० १३:४३

काठमाडौं । इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ ।

देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोलाई उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छोडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको थियो।

कारमा बस्नेबित्तिकै उनीमाथि गोली चल्न थाल्यो । उनको चुनावी टोलीका एक सदस्यले स्थानीय मिडियालाई भने कि भिल्लाभिसेन्सियो कारमा बसिरहेका थिए जब एक व्यक्तिले उनको टाउकोमा गोली हानेको थियो।

राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई उन्मुक्ति नदिने वाचा गरेका छन्।

प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीन पटक गोली लागेको थियो । इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमा भने कि संदिग्धलाई पनि सुरक्षाकर्मीहरूले जवाफी फायरिङमा गोली हानेका थिए र पछि मृत्यु भयो।

देशमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन अगस्ट २० मा सुरु हुँदैछ।

राष्ट्रपति लासोले घटनाबाट आफू स्तब्ध भएको बताए । उनले मुलुकमा संगठित अपराध धेरै बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार उनीहरुमाथि नै पर्ने बताए ।

इक्वेडरमा लागूऔषध कार्टेलको बढ्दो उपस्थितिले हिंसात्मक अपराधमा वृद्धि भएको छ, जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो।

गत महिना, संगठित अपराधसँग जोडिएको हत्याको श्रृंखलाले राष्ट्रपतिलाई तीन प्रान्तमा आपतकालिन अवस्था र रातको समय कर्फ्यू घोषणा गर्न बाध्य तुल्यायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *