नेपालको राजनीति र संक्रमणकाल
पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु भन्दा अगाडि यहाँ अनेकौं राजाहरुले राज्य गरेर बस्दथे। त्यो बेलामा पनि कोही राजाको मृत्यु पछि परिवारकै अर्का व्यक्तिले राज्य गरी बसेका थिए होला। त्यो पनि एक परिवर्तन नै भएकाले राजनैतिक संक्रमण नै मानिन्छ।
किनकि संक्रमण भन्नु नै परिवर्तनले मोड लिनु हो। तर नेपाल अधिराज्यको एतिहासिक राजनैतिक संक्रमण बिशेष गरि पृथ्वीनारायण शाहले नेपाललार्ई एकीकरण गरे पश्चात नै शसक्त रुपमा प्रस्तुत गर्न सकिन्छ।
यो भन्दा अगाडि गोर्खाका राजामा पहिलो पल्ट द्रव्य शाहले (सन् १५५९-१५७०), दोश्रो पुरेन्द्र शाह (१५७०-१६०५ ), तेस्रो छत्र शाह (१६०५-१६०६), चौथो रामशाह (१६०६-१६३३), डम्बर शाह (१६३३-१६४५ ), श्रीकृष्ण शाह (१६४५-१६६१ ), रुद्र शाह (१६६१-१६७३ ), पृथ्वीपति शाह (१६७३ -१७१६), नरभुपाल शाह (१७१६-१७४३ ) राजा बनेका थिए।
यो सबै गोर्खा राज्यबाट सुरु भएको राजनैतिक एतिहासिक संक्रमण थियो। रामशाह बाहेक अरु राजाले थोरै थोरै समय राज्य गरेता पनि एकले अर्कोलार्ई राज्य छोड्दा ठूलो कोलाहल भने मच्चिएको थिएन। यो नै संक्रमण कालको सकारात्मक पक्ष मानिन्छ।
त्यसपछि पृथ्वीनारायण शाहको सन् १७७३ मा राज्य रोहण पश्चात उनले सारा टुक्रे राज्यलार्ई एकै ठाउँमा गाभेर नेपाल अधिराज्यको एकीकरण गर्ने काम सम्पन्न भयो।
उनले नेपालको एकीकरण औपचारिक रुपमा २५ सेप्टेम्बर १७६८ मा घोषणा गरी गोरखाको राजधानी काठमाडौंमा सार्ने काम गरी शाहवंशको राज्य स्थापना गरेर आखिर ५२ वर्षको उमेरमा सन् जनअरी ११, १७७५ मा उनको निधन भयो।
पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा त्यसताका कैयौं राजनैतिक हताहत भए। कैयौं मारिए। अनिमात्र राजनैतिक संक्रमणले बिस्तारै बिराम पाएर शाहराजाको स्थिरता कायम भएको मानिन्छ।
पृथ्वीनारायण शाहको मृत्यु पश्चात बंशजको हिसाबले उनका छोरा प्रताप सिंह शाह जनुअरी ११, १७७५ मा राजा भए। त्यस पछि फेरि १७७७ मा रणबहादुर शाह, त्यसपछि गिर्भाण युद्ध शाह (१७९९-१८१६ ), राजेन्द्र वीर बिक्रम शाह (१८१६-१८४७ ), सुरेन्द्र (१८४७-१८८७ ) त्यसपछि त्रैलोक्य राजा भएका थिए।
उनी करिब नौ बर्ष राजा भएपछि फेरि १८५६ मा जंगबहादुर राणाको उदय हुन पुग्यो। यसरी जंगबहादुरको उदय पश्चात देशमा राजाको सम्पूर्ण अधिकार खोसी सबै अधिकार राणा प्रधानमन्त्रीमा निहीत रहन पुग्यो। अनि राजा नाम मात्रका राजा बन्न पुगे।
त्यसपछि १०४ वर्षको जहानिया राणा शाशनको उदय भयो। यो नेपालको राजनैतिक इतिहासमा ठूलो राजनैतिक संक्रमण थियो। किनकि सत्ता जबर्जस्ती राणामा गएको थियो। यसलार्ई हामी राजनीतिको वा राज्य व्यबस्थाको कालोरात पनि भन्ने गर्छौं।
त्यसपछि पृथ्वी वीरबिक्रम शाह ११ डिसम्बर १९११ सम्म र १९११ डिसम्बर ११ देखि त्रिभुवन राजा भए। राजा त्रिभुवनको समयमा देशमा प्रजातन्त्रको लागि जनताहरु राणा बिरोधी पक्षमा नेपाल भित्र जताततै भित्री रुपमा लागी परेका थिए।
देशमा सत्ता परिवर्तनको लागि खुलेआम जनताहरु मैदानमा उत्रिए। गंगालाल, शुक्रराज, धर्मभक्त र दशरथ चन्दलार्ई गोली हानि र झुन्ड्याएर मार्ने काम भयो। राणा सरकार धर्मराई सकेको थियो। उनको शासनमा ८ रेक्टरको भूकम्प आउने लागेको थियो।
यो जर्जर व्यवस्थालाई हटाउन प्रजातन्त्र प्रेमीको साथमा अनेक जाल रचेर राजा त्रिभुवन गद्दीको पर्वाह नगरी स्वयं भारत निर्वासनमा गए। राजगद्दी अकस्मात खाली हुन पुगेपछि राणा सरकारले ३ वर्षका बालक ज्ञानेन्द्र शाहलाई राजा बनाए। तर ती राजालाई विश्वले मान्यता दिएन।
त्यसपछि पुनः त्रिभुवन भारतबाट फर्किएपछि राजगद्दी सम्हाले। यो नेपालको राजनैतिक इतिहासमा ठूलो र नमिठो संक्रमण थियो। राजनैतिक उथलपुथल पछि त्रिभुवन कै पालामा ७ फेब्रुअरी १९५१ मा देशमा प्रजातन्त्र आउन सफल भयो।
राणाको अन्त्य र जनताको सरकार हुनु नै राजनीतिक सक्रमंको ठूलो मोड मानिन्छ। यो नेपालको इतिहासमा महत्वपूर्ण राजनैतिक संक्रमण मानिन्छ। त्यसपछि देशको पहिलो प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला भए। त्रिभुवन राजा छँदै थिए।
तर राजा त्रिभुवन बिरामी भएर उपचारका लागि स्वीटजरल्याण्डको जुरिच गए। उपचारकै क्रममा राजा त्रिभुवनको मार्च १४, १९५५ मा निधन भयो। नेपालको इतिहासमा प्रजातन्त्रको प्राप्ति पश्चात पहिलो राजाको यसरी अन्त्य हुनुलार्ई राजैनिक संक्रमण नै मानिन्छ।
त्यसपछि राजा महेन्द्रको उदय भयो। ठूलो अन्योलमा १४ मार्च १९५५ मा महेन्द्र राजा भएपछि राजनीतिमा भित्र भित्र अनमेल थियो। सबै कुरालार्ई बिचार गरेर उनले परीक्षण गर्दै नेपालमा प्रजातन्त्र अनुरुप २०१५ मा आम चुनावमा जनताबाट निर्बाचित पहिलो प्रधानमन्त्री बिपी कोइराला बने।
तर देश सुहाउँदो शासन चल्न नसकेको र देश भारतको इशारामा चल्न थालेको र जनताको पनि खासै उत्थान हुन नसकेकोले भन्दै बिंसं.२०१७ साल पुस १७ गते पहिलो जननिर्वाचित सरकार अपदस्थ गर्दै सम्पूर्ण पार्टीलार्ई नजरबन्दमा राखेर सम्पूर्ण अधिकार आफ्नो हातमा लिई राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्थाको सुरुवात गरे। यो नेपालको वर्तवान इतिहासको ठूलो राजनैतिक संक्रमण मानिन्छ।
लामो संघर्ष र बलिदानी पछि जनताको हातमा आइसकेको राज्यको अधिकार फेरि राजाको हातमा जानु राजनैतिक संक्रमण नै हो। राजनीतिको संक्रमणको बीचबाट गुज्रँदै र साथसाथै राम्रोसँग शासन गर्दै राजा महेन्द्रको २०२८ साल माघ १६ गते चितवनको दियालो बंगलामा असामयिक निधन भयो र नेपालले एक होनहार राजनेता गुमाउन पुग्यो।
त्यसपछि उनका जेठा छोरा वीरेन्द्र २९ वर्षको उमेरमा सन् २४ फेब्रुअरी १९७५ मा राजा भए। बिना कुनै बाधा उनी नेपालको राजा भएका थिए। उनले आफ्ना पिता राजा महेन्द्रकै राजनैतिक दर्शन अनुसार राज्य गर्न थाले।
विश्वको बिभिन्न विश्व विद्यालयमा अध्ययन गरेका विद्वान र बिबेकी राजा वीरेन्द्रले आफ्नो राज्याभिषेकको समयमा राजनीतिलार्ई अझ संयम र शान्त बनाउन नेपाललार्ई विश्व समक्ष शान्ति क्षेत्रको प्रस्ताव राखेकै हो।
तर भारतमात्र त्यस्तो एउटा देश रह्यो जसले नेपालको शान्ति प्रस्तावलाई स्वीकार र समर्थन गर्न सकेन। किनकि उ यो देश अशान्त नै भइरहेको हेर्न र देख्न चाहन्छ।
प्रजातन्त्रप्रेमी राजा वीरेन्द्र भएकाले उनले २ मे १९८० मा व्यवस्थामा सुधार ल्याउन साबिक कै ब्यबस्था वा सुधारिएको पञ्चायती व्यवस्थाको जनमत गराए। तर साबिक कै व्यवस्थाले ५४.९९% ल्याई उही व्यवस्थाले नियमितता पायो। यो पनि एउटा एतिहासिक राजनैतिक संक्रमणको आयाम थियो।
राजा आफैं अगाडि बढेर राजनैतिक संक्रमणको अबस्थालाई डटेर सामना गर्न सक्नु भनेको चानचुने कुरा होइन। यसै क्रममा देशका नेता र जनताको राजनैतिक इच्छानुसार २०४६ सालमा बहुदलीय प्रजातन्त्रको घोषणा गरी २०४७ सालमा जनताकै इच्छा अनुसार प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइको नेतृत्वमा नयाँ संविधानको निर्माण गर्न लगाई देशलार्ई राजनैतिक संक्रमणबाट टाढा राख्न अथक प्रयास गरेकै हो।
तर नेताहरुको बेइमानीले यो व्यवस्थालार्ई टिकाउन हम्मेहम्मे परेको थियो। भित्रभित्र राजनैतिक संक्रमण हुनको लागि कहीँ कसैबाट प्रयास भैरहेको थियो।
राजा वीरेन्द्रले सन् ८ फेब्रुअरी १९९० देखि ८ अप्रिल, १९९० सम्म चलेको राजनीतक बिद्रोहलार्ई मध्ये नजर गर्दै मे १९९१ मा पञ्चायतको अन्त्य र प्रजातन्त्रको स्थापना गरी देशलार्ई राजनैतिक संक्रमणबाट बचाई आफू संबैधानिक राजाको रुपमा बसेकै हुन्।
तर देशमा राजा फाल्ने प्रयास भने अप्रत्यक्ष रुपमा चलेकै थियो। फलस्वरुप सन् १९९५ मा माओबादी जनयुद्ध भयो।
विदेशी भूमिका बसेर देश र जनताका पक्षमा भनिएको शसस्त्र द्वन्द्वले मुलुकमा ठूलो जनधनको क्षति हुन पुग्यो। दश वर्षसम्म लगातार चलेको द्वन्द्वले हजारौं मारिए, लाखांँ घाइते र अपांग बने। राजनैतिक संक्रमणको नाममा सयौं बैंक लुटिए, सयौं घर जलाइए। देश राजनैतिक, आर्थिक र सामाजिक हिसाबले संक्रमणमा चुर्लुम्ब डुब्न पुग्यो।
यहीबीचमा दरबार हत्याकाण्ड भयो र राजा वीरेन्द्रसहित उनको समुल वंश नाश हुन पुग्यो। त्यसपछि राजा बनेका ज्ञानेन्द्रले केही वर्षसम्म शासन गरे। राजनीतिक आन्दोलनकाबीच संसद पुर्नस्थापना गरेपछि त्यही संसदको बलमा राजालाई गद्दीबाट हटाएर मुलुकमा गणतन्त्र घोषणा गरियो।
र, गणतन्त्रका प्रथम राष्ट्रपति कांग्रेस पार्टीका नेता डा.रामबरण यादब हुन पुगे। यो नेपालको लागि ठूलो एतिहासिक राजनैतिक संक्रमण थियो। कहाँको राजसंस्था, काहाँको राष्ट्रपति राष्ट्रप्रमुख हुने गणतन्त्र।
यसैका लागि अगाडि घटेका घटनाहरु कहीं बिदेशीको साथ र सहयोगमा भएका त थिएनन्। जे होस् संक्रमणको बेला योजनाबद्ध रुपमा घट्ने घटना भनेका यस्तै हुन्। डा.रामबरण यादवले २३ जुलार्ई २००८ देखि सन् २९ ओक्टोबर २०१५ सम्म राष्ट्रपति भई चलाए।
उनकै पालामा बि.सं. २०७२ सालमा संबिधान सभाबाट नयाँ संबिधान पनि ल्याउने काम भयो। दोश्रो राष्ट्रपतिमा एमालेकी विद्यादेबी भण्डारी सन् २८ ओक्टोबेर २०१५ देखि १३ मार्च २०२३ सम्म राष्ट्रपति भई काम गर्न सफल भइन्। यसलार्ई हामी अर्को राज्नैतिक संक्रमणको रुपमा लिन सक्छौं। उनको कार्यकाल पछि फेरि अहिले कांग्रेस कै नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा आसिन छन्।
यी सबै संक्रमणलार्ई श्रृंखलाबद्ध रुपमा हेर्दा नेपालमा यसरी पटक पटक संक्रमण हुनुमा पक्कै पनि नेपालका सम्पूर्ण नेताहरु र बिदेशीको ब्यापक सहकार्य र संलग्नता रहेको कुरा प्रष्ट छ।
यसरी पार्टीका नेताहरु राष्ट्रपति फेरिइ फेरिइ भइरहने र सोही अनुसार प्रधानमन्त्री वा सरकार प्रमुख पनि २÷२ वर्षमा फेरिइ रहने दुश्चक्रले देशको राजनीति र अर्थनीति चिन्ताजनक अवस्थाबाट गुज्रिरहेको छ। र, नेपालमा अर्को राजनैतिक संक्रमण छिट्टै नहोला भन्न सकिन्न।
Facebook Comment