विषालु च्याउ खाँदा कपिलवस्तुमा एकै परिवारका सात बिरामी

डिसी नेपाल
२६ साउन २०८० २३:०३

चन्द्रौटा । विषालु च्याउ खाँदा कपिलवस्तुमा एकै परिवारका सात जना बिरामी परेका छन् । बिहीबार राति खाएको च्याउले शरीरमा विभिन्न समस्या देखिएपछि उनीहरू अस्पताल पुगेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–७ लालपुर बस्ने वर्ष ४५ वर्षीय विन्दु ठाकुर, २६ वर्षीय करण ठाकुर, २९ वर्षीय धर्मेन्द्र ठाकुर र २७ वर्षीय कुसुम ठाकुर रहेका छन् ।

त्यस्तै चार वर्षीया अन्शिका ठाकुर, छ वर्षीया ज्योति ठाकुर र तीन वर्षीय सुशान्त ठाकुर विषादी च्याउ सेवन गरी बिरामी भई जिल्ला अस्पताल तौलिहवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *