उत्तराखण्डको रुद्रप्रयागमा गुडिरहेको कारमा ढुंगा खस्दा पाँच जनाको मृत्यु

डिसी नेपाल
२७ साउन २०८० १०:१८

काठमाडौं । रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा पहिरो खस्दा कारमा सवार ५ जनाको मृत्यु भएको छ । गौरीकुण्ड राजमार्गको तरसालीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । यहाँ भग्नावशेषमा पुरिएको एउटा गाडी फेला परेको छ, जहाँबाट पाँच जनाको शव निकालिएको छ ।

जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने, ‘साँझ ६ बजे जेसीबीमार्फत पहिरो हटाउने क्रममा एउटा गाडी (स्विफ्ट डिजायर) पुरिएको अवस्थामा फेला परेको थियो, जसमा पाँच जना सवार थिए । पहिरोमुनि पुरिएको गाडीभित्र पाँचै जनाको शव फेला परेको थियो । मृत्यु हुनेमा गुजरातका तीन र राजस्थान र उत्तराखण्डका एक–एक जना रहेका छन् ।

राजवारले भने, ‘बिहीबार अगस्ट १० साँझ ५ बजे फाटाबाट करिब ३ किकिलोमिटर टाढा र तरसाली गाउँ नजिकै सडक माथिबाट भारी ढुंगा र भग्नावशेष आएपछि सडकमा गुड्ने क्रममा गाडी पुरिएको जानकारी आएको छ ।

फाटाबाट सोनप्रयागतर्फ जाँदै गरेको गाडी एक्कासी पहिरोले खसेको भग्नावशेषमा पुरिएको स्थानीयवासीले बताएका छन् । सूचना पाएपछि एसडीआरएफको उद्धार टोली तुरुन्तै उद्धार उपकरणसहित घटनास्थलमा पुग्यो।

एसडीआरएफको टोली घटनास्थलमा पुगेर खोजी अभियान सुरु गरेको छ । तर मुसलधारे पानी र माथिबाट ढुंगा खसेकाले केही समयका लागि सञ्चालन रोकिनुपरेको थियो । शुक्रबार बिहान पानी रोकिएलगत्तै एसडीआरएफ टोलीले फेरि खोजी अभियान सुरु गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *