स्कटल्याण्डको एक विद्यालय जहाँ पढ्छन १४८ जुम्ल्याहा

डिसी नेपाल
२७ साउन २०८० १६:२३

इन्भरक्लाइड । स्कटल्याण्ड ग्रेट ब्रिटेन को उत्तरी भागमा अवस्थित एक देश हो। जुम्ल्याहा बच्चाको जन्मदरमा स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा छ। इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने धेरै जुम्ल्याहाहरू जन्मिन्छन्। यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका थिए ।

आयरल्याण्डको राष्ट्रिय समाचार एजेन्सी पिएका अनुसार स्कटिश काउन्सिल फेरि एक क्षेत्रको रूपमा देखा परेको छ, जहाँ ठूलो संख्यामा जुम्ल्याहाले आफ्नो प्राथमिक विद्यालयको अध्ययन सुरु गर्न लागेका छन्। यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन्।

स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयहरूमा १४८ भन्दा बढी जुम्ल्याहाहरू पढिरहेका छन्। यसपछि अब थप १७ जुम्ल्याहाले भर्ना लिएर संख्या बढाएका छन् । जसका कारण जुम्ल्याहाको उच्च दरका लागि परिचित इन्भरक्लाइड क्षेत्रमा जुम्ल्याहाको संख्या बढेको छ । इन्वरक्लाइड यस वर्ष जुम्ल्याहा प्रवेशको दोस्रो उच्च दर रेकर्ड गरेको छ।

भर्नाको पहिलो दिन १५ जुम्ल्याहा बच्चाहरूले ड्रेस रिहर्सलको लागि ग्रीनकको सेन्ट प्याट्रिक प्राइमरीमा भाग लिए। सेन्ट प्याट्रिक स्कूल र अर्डगोवन प्राइमरी स्कूल सबैभन्दा ठूलो संख्यामा जुम्ल्याहा जोडीहरूलाई स्वागत गर्न तयार छन्। यी प्रत्येक विद्यालयमा तीनवटा जुम्ल्याहा बच्चाहरू उनीहरूको पि वान कक्षाहरूमा सामेल हुनेछन्।

प्रोभोस्ट ग्रीम ब्रूक्सले भने, ‘यो इन्भरक्लाइड र ट्विन्भरक्लाइड’ को लागि आफ्नो जुम्ल्याहालाई प्राथमिक कक्षामा स्वागत गर्ने वार्षिक परम्परा भएको छ।’ आगामी साताबाट नयाँ सिजन सुरु हुनेमा उत्साह पक्कै रहेको उनले बताए । ‘यहाँ विद्यार्थीहरूलाई पोशाकमा हेर्न पाउनु साँच्चिकै राम्रो अनुभव हो। यो भन्दा राम्रो के हुन सक्छ ? हामी भाग्यमानी छौं कि हामीसँग इनवरक्लाइडमा धेरै स्कूलहरू छन् जहाँ जुम्ल्याहाहरू उपस्थित हुन्छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *