पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री नियुक्तिबारे इमरान खानको पार्टीले के भन्यो ?

डिसी नेपाल
२८ साउन २०८० १२:२१

काठमाडौं । इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफले प्रधानमन्त्री शहबाज शरीफले कार्यवाहक प्रधानमन्त्री मनोनयन गर्ने विषयमा आफ्नो पार्टीसँग कुनै पनि तहमा परामर्श नगरेको बताएको छ ।

कार्यवाहक प्रधानमन्त्रीले जनताको संवैधानिक र लोकतान्त्रिक अधिकारलाई थप आगोमा पर्न नदिने अपेक्षा गरिएको पार्टीले जनाएको छ ।

पाकिस्तान तहरीक-ए-इन्साफका प्रवक्ताले भने ‘पीटीआई संसद भित्र र बाहिर देशको सबैभन्दा ठूलो राजनीतिक दल हो।’

कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिमा उनले कठपुतली प्रधानमन्त्री र राष्ट्रिय सभामा नक्कली विपक्षी नेताबीचको छलफलपछि सिनेटर अनवरुल हक कक्कडलाई मनोनयन गरेको पार्टीले जनाएको छ ।

तर, अहिले सिनेट सदस्य अनावरुल हक कक्कडलाई कार्यवाहक प्रधानमन्त्रीमा मनोनित गरेपछि उनीमाथि ठूलो जिम्मेवारी आएको पार्टीले जनाएको छ । सिनेटर अनावरुल हक कक्कडले कार्यवाहक प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि तीन महिनाभित्र संवैधानिक अवधिमा निर्वाचन गराउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *