महिलाले पेट्रोल पम्पमा बच्चा जन्माइन्, बच्चालाई त्यहीँ छोडेर भागिन्, सीसीटीभी फुटेज सार्वजनिक

काठमाडौं । पेट्रोल पम्पको वाशरूममा एक महिलाले बच्चालाई जन्म दिएर बच्चा साथमा नलिई भागिन् । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ । घटना अमेरिकाको टेक्सासको हो ।
प्रहरीले सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । उनी अप्रिल महिनामा यहाँ आएकी थिइन् र नवजात शिशुलाई नराम्रो अवस्थामा एक्लै छोडेर गइन् । सीसीटीभी भिडियोमा देखिएकी महिला बालककी आमा भएको प्रहरीले अनुमान गरेको छ ।
डेली स्टारको रिपोर्टका अनुसार बच्चालाई ग्राहकले बिहान ४.३० बजे देखेका थिए र डाक्टर आइपुग्दासम्म उनको मृत्यु भइसकेको थियो । हेर्दा ती महिला २० वर्षभन्दा धेरै उमेरकी देखिन्छिन् । महिला यहाँ आइपुगेको र केही समयपछि फर्किएको देखिन्छ ।
ती महिला बच्चाकी आमा हुन सक्ने प्रहरीले जनाएको छ । तर, बच्चासँग उनको सम्बन्ध अझै पुष्टि हुन सकेको छैन। एक प्रहरी प्रवक्ताले भने ‘हामीलाई वास्तवमै थाहा छैन कि नवजात शिशुको यस केसमा के परिस्थिति थियो वा उनीसँग महिलाको सम्बन्ध कस्तो थियो।’
प्रहरीले महिलाले करिब १५ मिनेटसम्म शौचालय प्रयोग गरेको र एक घण्टापछि बालक त्यहाँ फेला परेको बताएको छ । ह्युस्टनका डिटेक्टिभ सेलेब ब्राउनिङले भने, ‘अरू कोही त्यो शौचालयभित्र गएको थिएन र महिला त्यहाँ जानुअघि बच्चा त्यहाँ थिएन।’
ह्युस्टन पुलिसका अनुसार बच्चा मृत जन्मिएको थियो वा जन्म पछि मृत्यु भयो भन्ने पनि स्पष्ट छैन । अन्वेषकहरूले अझै नवजात शिशुको मृत्युको कारण पत्ता लगाउन प्रयास गरिरहेका छन्।
ह्यारिस काउन्टीको फरेन्सिक साइन्स इन्स्टिच्युटले यस विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरी अब के गर्ने भन्ने अन्योलमा परेको छ र महिलालाई अगाडि आउन भनेको छ।
Facebook Comment