दिशा पाटनीसँग ब्रेकअपपछि टाइगर श्राफले भेट्टाए अर्की दिशा

डिसी नेपाल
२८ साउन २०८० १६:०१

काठमाडौं । बलिउडका हेण्डसम हंक अभिनेता टाइगर श्राफ आफ्नो फिल्मभन्दा आफ्नो रिलेशनशिप स्टेटसका कारण बढी चर्चामा छन् । दिशा पाटनीसँग टाइगरको ब्रेकअपको खबरले पनि निकै चर्चा पायो ।

तर, अहिले ब्रेकअपपछि दुवै स्टार एकअर्कालाई बिर्सेर अघि बढेको देखिन्छ । नयाँ रिपोर्टका अनुसार टाइगरको जीवनमा नयाँ प्रेम आएको छ ।

केही समयअघि टाइगर श्राफ करण जोहरको च्याट शो कफी विथ करणमा देखा पर्दा उनले आफू सिंगल भएको दाबी गरेका थिए । तर बम्बे टाइम्सको रिपोर्ट अनुसार टाइगर सिंगल छैनन् ।

रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै टाइगर श्राफले नयाँ प्रेम पाएको बताइएको छ । अभिनेता विगत डेढ वर्षदेखि दिशा धानुका नामकी युवतीसँग डेट गर्दै आएका छन् ।

दिशा प्रोडक्सन हाउसमा सिनियर पोजिसनमा काम गर्छिन् । दिशा पटनीसँगको ब्रेकअपपछि टाइगरले दिशा धानुकालाई डेट गर्न थाले ।

अर्को स्रोतले भन्यो– दुवैजना करिब डेढ वर्षदेखि एकअर्कासँग सम्बन्धमा छन् । दिशाले पटक पटक टाइगरलाई स्क्रिप्टको बारेमा सुझाव दिने गर्छिन् । र, टाइगरले दिशालाई फिटनेस टिप्स दिन्छन् ।

टाइगरको परिवारले पनि दिशा धानुकालाई धेरै मन पराउँछन्। उनीहरुको सम्बन्धको बारेमा सबैलाई थाहा छ ।

टाइगरलाई दिशासँगको सम्बन्धको बारेमा सोध्दा उनले टेक्स्ट म्यासेजमा भने, ‘मलाई लाग्छ, मेरो नाम केही समयअघि कसैसँग जोडिएको थियो । तर म विगत दुई वर्षदेखि सिंगल छु ।’

यसै क्रममा दिशाले यी दुईको सम्बन्धमा केही पनि बोल्न मानिनन् । दिशा र टाइगर साथी मात्र हुन् कि उनीहरुको सम्बन्ध मित्रताभन्दा पनि बढी हो, यो पनि समयसँगै थाहा हुनेछ ।

वर्कफ्रन्टको कुरा गर्दा टाइगर रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ मा केमियो गर्दै देखिनेछन् । यसबाहेक उनीसँग ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’ जस्ता फिल्म पनि छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *