राजाको गल्ती सच्याउने राजा
राजाहरुको गल्ती राजाले नै सच्याएर अधि बढेको कतै उदाहरण छ भने नेपालमा नै छ। त्यो गल्ती कसैले सच्यायो भने नेपालकै राजा पृथ्वीनारायण शाहले सच्याए।
त्यसैले पृथ्वीनारायण शाह राजाको गल्ती सच्याउने राजा पनि हुन्। पृथ्वीनारायण शाहले कसरी राजाको गल्ती सच्याए र के कारणले उनी राजाको गल्ती सच्याउने राजा हुन् संक्षिप्त चर्चा गरौं।
पृथ्वीनारायण शाहले राजा मणि मुकुन्द सेन र राजा यक्ष मल्लले गरेको गल्तीलाई दोह¥याएनन्। उनले ती दबैजना राजाले गरेको गल्तीलाई पच्छ्याएनन् मात्र होइन कि उनीहरुले गरेको गल्तीलाई पनि सच्याए।
सेनवंशी राजा मणि मुकुन्दसेनले नेपालको ठूलै भूभागमा शासन गरेको थिए। उनी ठूला राज्यका राजा थिए। अर्थात् उनको पालामा पनि नेपाल राज्य विशाल थियो।
मल्ल वंशका राजा यक्ष मल्लले पनि नेपालका धेरै साना राज्यहरुलाई गाभेर आफ्नो राज्यलाई ठूलो बनाएर शासन गरेका थिए। यक्ष मल्ल पनि नेपाललाई एकीकरण गर्ने नेपालका प्रतापी राजा थिए।उनको रवाफ र प्रभाव धेरै थियो।
राजा मणि मुकुन्दसेन र राजा यक्ष मल्ल दुबै पौरखी र प्रतापी राजा थिए। विशाल नेपालका राजा थिए दुबैजना।
यदि दुबैजना मध्ये कुनै एकले विशाल नेपाल जोगाएको भए पृथ्वीनारायण शाहको नेपाल राष्ट्रका निर्माता भनेर इतिहास लेखिएको हुने थिएन। तर लेखियो, राष्ट्रनिर्माता नेपालका भनेर पृथ्वीनारायण कै इतिहास लेखियो।
किनभने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे र पृथ्वीनारायणले मुकुन्द सेन र यक्ष मल्ल जस्तो गल्ती गरेनन् र ती राजाले गरेका गल्तीबाट पाठ सिके।
राजा मुकुन्दसेन र राजा यक्ष मल्लले एकीकृत विशाल नेपाल राज्य जोगाएर लानुपर्छ भनेर दूरदर्शी सोच राख्न सकेनन्। नेपाल जोगाउन विशाल नेपाल चाहिन्छ भनेर सोच्न सकेनन्।
राज्य भाइ अंश लगाउने होइन भन्ने सोच्न सकेनन्। यदि उनीहरुले यो सोच्न सकेको भए उनीहरु मध्ये कुनै एकको इतिहास नेपाल राष्ट्रका निर्माता भनेर लेखिएको हुने थियो।
तर यी दुबै राजाहरुले नेपाल राष्ट्रका निर्माताको इतिहास बनाउने अवसरको सदुपयोग गर्न सकेनन्। बरु आत्मघाति नीति लिएर विशाल राज्यको जगमा नै बन्चरो हान्ने नीति लिए।
उनीहरु दुबैले राज्यलाई टुक्र्याएर छोराहरुलाई अंश लगाइदिए। कालान्तरमा उनीहरुको राजवंश र राज्य समाप्त हुने आधार बन्यो यही राज्य अंश वा विभाजनको नीतिले।
पृथ्वीनारायण शाह माथिका पौरखी र प्रतापी दुबै राजा भन्दा फरक थिए। पृथ्वीनारायण शाहले एक ठोस रणनीतिको साथ नेपाल एकीकरण गरेका थिए।
उनी विशाल नेपालका राजा हुनका लागि मात्र नेपाल एकीकरण अभियानमा होमिएका थिएनन् कि उनी पूर्वीय सभ्यताको केन्द्र नेपाललाई जोगाउन पनि एकीकरण अभियान होमिएका थिए।
उनले विशाल नेपालको शक्ति र महत्व बुझेका थिए। उनी दूरदर्शी थिए र उनी साँचो अर्थका राष्ट्रनिर्माता थिए। त्यसैले उनले राजा मुकुन्द सेन र राजा यक्ष मल्ल जस्तो राज्यलाई भाइ छोरामा अंश गर्ने काम गरेर राज्य टुक्र्याउने गल्ती गरेनन्।
यहाँ पृथ्वीनारायण शाह राजको गल्ती राजाले नै सच्याउँछन् भन्ने दृष्टान्त भएका छन्। उनी एकीकृत नेपालको पक्षमा दृढ भएर उभिए, र नै विशाल नेपाल जोगिएर रहन सकेको हो।
पृथ्वीनारायण शाहले नेपाल जोडेका मात्र होइनन् कि पहिलाका राजा जस्तो देश बाँड्ने गल्ती नगरेर देश जोगाएका पनि हुन्। पृथ्वीनारायण शाहलाई पनि कम दबाब थिएन भाइहरुको राज्य टुक्रयाएर सबै भाइहरु अनेक टुक्रे राज्यका राजा हुन पाउनुपर्छ भनेर।
पृथ्वीनारायण शाह हतियार खरिद गर्न भनेर बनारस गएका थिए। त्यहाँ अंग्रेजले भारतका अनेक राज्य कब्जा गर्दै अघि बढेको थियो। पृथ्वीनारायणको मनमा चिसो पसिसकेको थियो।
भारत कब्जा गर्दै अघि बढ्ने अंग्रेजले अवश्य नै नेपालका साना साना राज्य पनि कब्जा गर्नसक्छ भनेर। त्यसैले उनले मनमनमा अठोट गरेका थिए कि अंग्रेजबाट नेपाललाई जोगाउने हो भने छिटै एकीकृत बलियो नेपाल चाहिन्छ। म नेपाल जोडेरै छोड्छु।
एकतिर राजा पृथ्वीनारायण शाह नेपालका साना राज्यहरुलाई जतिसक्दो छिटो जोडेर विशाल नेपाल बनाएर अंग्रेजबाट नेपाललाई जोगाउने भनेर अठोट बोकेर आएका हुन्छन्। अर्कोतिर काठमाडौंका राजा जयप्रकाश मल्ल अंग्रेज फौजलाई बोलाएर आपूm र आफ्नो राज्य सुरक्षित हुने भ्रममा परेका हुन्छन्।
राजा जयप्रकाश मल्लले अंग्रेज फौजलाई आफ्नो राज्यको सुरक्षा गरिदिन बोलाए। राजा पृथ्वीनारायण शाहालाई काठमाडौंका राजा जयप्रकाश मल्लको आत्मघाती निर्णयले रनाहा चल्नु स्वभाविक थियो। उनले अठोट गरे राजा जयप्रकाश मल्लले गरेको गल्ती सच्याउनै पर्दछ। उनले नेपालमा अंग्रेज फौजलाई छिर्न नदिने अठोट गरे।
अंग्रेज फौजलाई रोक्न उनले आफ्ना फौजलाई सिन्धुलीमा तैनाथ गरे। योजना बमोजिम छापामार तरिकाले अंग्रेज फौजमाथि गोरखाली फौजले आक्रमण गरेर उनीहरुको सातोपुत्लो उडाउदै बाँचेकालाई लखेटे। मरिएका धेरैबाट र भाग्नेहरु थोरैबाट धेरै हतियार पनि कब्जा गर्न सफल भयो राजा पृथ्वीनारायणको गोरखाली फौज।
यहाँ पनि पृथ्वीनारायण शाह एक राजाले गरेको गल्ती सच्याउने राजा प्रमाणित भए। यहाँ राजा जयप्रकाश मल्ल गोमन सापलाई सिरमा बेरेर सुरक्षित हुने भ्रममा थिए र नै उनले अंग्रेज फौजलाई बोलाउने गल्ती गर्न पुगेका थिए।
अर्का राजा पृथ्वीनारायण शाहले ऐन मौकामा नै राजा जयप्रकाश मल्लको गल्ती सच्याएर नेपालको एकीकरण सफल बनाउने र अस्तित्व बचाउने आधारलाई बलियो बनाएका थिए ।
मल्ल राजाहरुले क्रिश्चियन पादरीहरुलाई क्रिश्चियन धर्मको प्रचार गर्न र उनीहरुका प्रजालाई क्रिश्चियन बनाउन अनेक सुविधा दिएर राखेका थिए। मल्ल राजाहरुको पालामा क्रिश्चियनहरुको लागि आफ्नो क्रिश्चियन धर्म फैल्याउनको लागि स्वर्ग युग नै थियो।
जसको कारण धेरै रैथाने नेवारहरुलाई उनीहरुले सजिलै क्रिश्चियन बनाइरहेका थिए। यो क्रम भंग नभएको भए उपत्यकामा रैथाने धर्म संस्कृति तीब्र गतिमा विस्थपित भएर क्रिश्चियानिटी स्थापित भएको हुने थियो।
कान्तिपुरमा गिर्जाघर स्थापना गरी इसाई धर्म प्रचार गर्नलाई फ्याङक्वाइज फेलिक्स र एन्थोनी मेरी नामका केपुचिन सम्प्रदायका दुई पादरी कान्तिपुरमा आउँदा राजा महेन्द्रसिंह र चौतारा झगल ठकुलले स्वागत गरेका थिए भन्ने तथ्यले इसाईहरुको प्रवेशलाई पुष्टि गर्दछ।
यिनीहरुले भक्तपुरमा कान्तिपुरमा ई सं १७२२ मा गिर्जाघर बनाएर त्यसको शाखा स्थापना गरी इसाई धर्मको प्रचार गर्न थालेका थिए। यिनीहरुले उपत्यकाबासीलाई इसाई बनाउन पनि थालेका थिए।
भक्तपुरका निमित्त मुख्य पादरी भएर भित्तो आएका थिए। भक्तपुरका राजा रणजित मल्लले भितोलाई एक घरमा बास दिई त्यस घरमा फलामको क्रस उभ्याउने आज्ञा दिए। साथै आफ्ना प्रजालाई स्वेच्छापूर्वक इसाई बनाउने ताबाँपत्र पनि उनले गरिदिए।
यी युरोपियन पादरीहरु युरोपिय जातिका हितको निमित्त नेपालका राजनीतिमा गुप्तरुपले चासो लिन्थे र मल्ल राजाहरुलाई बन्दुक र पत्थर खरिद गरिदिनमा सहायता पनि गर्दथे।
यी इसाई पादरीहरुको प्रभावको विस्तारले धर्म र संस्कृतिमा मात्र आघात पर्ने नभई स्वयंमा यिनीहरुको राजनीतिक चरित्रसमेत सन्दिग्ध भएकोले उपत्यका विजयपछि पृथ्वीनारायण शाहबाट यिनीहरुलाई उपत्यकाबाट निष्काशित गरिबक्स्यो। मौसूफको यो सानो कामले पनि यो देश अनेक अर्थमा उपकृत भएको तथ्यमा सन्देह रहँदैन”। (नारायणबहादुर सिंह, अनेकौंको दृष्टिमा राष्ट्रनिर्माता पेज ४४२)
यसरी क्रिश्चियनकरणको षडयन्त्रमाथि यथा समयमा नै प्रहार गरेर पृथ्वीनारायण शाहले अघिल्ला राजाहरुले गरेका गल्ती सच्याएर यहाँ पनि राजाका गल्ती राजा सच्याउन सक्छन् भन्ने प्रमाणित भएका छन्।
राजा त्रिभुवनले नियुक्ति गरेका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको भारतसँग गरेका सम्झौताले भारतीयकरणका बलिया आधार खडा गरेका थिए।
राजा त्रिभुवनले नियुक्ति गरेका प्रधामन्त्रीले गरेका गल्तीलाई अर्का राजा महेन्द्रले नियुक्ति गरेका प्रधामन्त्रीहरु टंकप्रसाद आचार्य, कीर्तिनिधि बिष्ट आदि मार्फत पहिलाका गल्ती सच्याएर राजा महेन्द्रले पनि राजाका पालामा भएका गल्ति राजाले सच्याउँछन् भनेर पुष्टि गरेका छन्।
Facebook Comment