उत्तर कोरियामा ठूलो आँधी, यसमा किम जोंगको फोटो सुरक्षित नराख्नेलाई मृत्युदण्ड
काठमाडौं । तीव्र हावा र भारी वर्षा बोकेको टाइफुन खानुन उत्तर कोरियातर्फ अघि बढेको छ । तर यसैबीच उत्तर कोरियाका जनतालाई आफ्नो ज्यानको जोखिममा पनि किम जोङ उन र उनको सम्पूर्ण वंशको तस्बिर जोगाउनु पर्ने आदेश जारी गरिएको छ ।
उत्तर कोरियामा खानुन आँधी प्रवेश गर्दैछ। जसका कारण देशका विभिन्न स्थानमा हावाहुरी र भारी वर्षाको सम्भावना रहेको छ । उत्तर कोरियामा यो आँधीका कारण ठूलो क्षति हुने सम्भावना रहेको छ ।
उत्तर कोरियामा किम वंशको तस्बिर आफ्नो घरमा राख्न आवश्यक छ । तस्विर घरको सबैभन्दा विशेष भित्तामा राखिएका छन्। यो भित्तामा किम जोङ उन, उनका बुबा किम जोङ इल र हजुरबुवा किम इल सुङको तस्बिर बाहेक अरु केहि राख्न पाइँदैन ।
उत्तर कोरियामा किम वंशको तस्बिर सुरक्षित राख्नु हरेक नागरिकको कर्तव्य हो । तिनीहरूले यी चित्रहरू हरेक दिन सफा गर्नुपर्छ। यदि कुनै उत्तर कोरियाली व्यक्तिले यी तस्विरहरूलाई हानि पुर्याउँछ भने उसलाई मृत्युदण्ड दिइन्छ । झुक्किएर यी तस्वीरहरू क्षतिग्रस्त भए पनि सजाय हुन्छ ।
उत्तर कोरियाको सत्तारुढ कोरियाली वर्कर्स पार्टीको मुखपत्र रोडोङ सिनमुनले मानिसहरूलाई आँधीबेहरीमा किम वंशका तस्बिरहरू सुरक्षित राख्न आदेश दिएको छ। यससँगै नजिकै रहेको किम वंशका मूर्ति र स्मारकको पनि सुरक्षा गर्न निर्देशन दिइएको छ ।
उत्तर कोरियाको पूर्वाधार नाजुक अवस्थामा छ । यहाँ पक्की घर पनि थोरै छन् । यस्तो अवस्थामा भारी वर्षा र हावाहुरीसहित देश प्रवेश गर्ने खानुनले ठूलो क्षति पुर्याउन सक्छ ।
तर, उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने सेनालगायत देशका सबै महत्वपूर्ण एकाइहरूले आँधीको समयमा सम्भावित सहयोग उपलब्ध गराउन काम गरिरहेको बताएका छन् ।
Facebook Comment