स्वतन्त्रता दिवसमा बुर्ज खलिफामा पाकिस्तानको झण्डा देखाइएको विषयमा किन विवाद चर्कियो ?

डिसी नेपाल
३१ साउन २०८० १४:०३

काठमाडौं । अगस्ट १४ मा सामाजिक सञ्जालमा एउटा भिडियो निकै शेयर भइरहेको थियो । यो भिडियोमा पाकिस्तानको स्वतन्त्रता दिवसका दिन बुर्ज खलिफामा पाकिस्तानको झण्डा नदेखाइएको विषयमा कुरा गरिएको थियो ।

यस भिडियोमा १३-१४ अगस्ट राती १२ बजे बुर्ज खलिफाको अगाडि उभिएकी महिला भन्छिन्- “१२ बजेर एक मिनेट भयो। हालसम्म बुर्ज खलिफामा पाकिस्तानको झण्डा देखाइएको छैन । अभ हाम्रो अवस्था यस्तो भइसक्यो । पाकिस्तानी जनता नारा लगाइरहेका छन् तर पाकिस्तानको झण्डा फहराइएको छैन ।”

यो भिडियो भारतमा व्यापक रूपमा शेयर भएको थियो र मानिसहरूले पाकिस्तानको अवस्थालाई लिएर मजाक उडाएका थिए । तर अगस्ट १४ मा बुर्ज खलिफाको आधिकारिक इन्स्टाग्राम पेजमा एउटा भिडियो शेयर गरिएको थियो । यो भिडियोमा बुर्ज खलिफामा पाकिस्तानको झण्डा देख्न सकिन्छ ।

तर कतिपयले यो भिडियो पुरानो हो कि भन्ने प्रश्न पनि उठाएका छन् । बुर्ज खलिफामा देखाइएको पाकिस्तानको झण्डामा ७६औँ स्वतन्त्रता दिवस लेखिएको थियो । अहिले पाकिस्तानले ७७औँ स्वतन्त्रता दिवस मनाएको हुनाले पनि यो प्रश्न सोधिएको थियो ।

एक प्रयोगकर्ताले प्रश्न सोधे कि यो पुरानो भिडियो पोस्ट गरिएको हो वा साँच्चै बुर्ज खलिफामा पाकिस्तानको झण्डा देखाइएको थियो ?

यस प्रश्नको जवाफ दिँदै बुर्ज खलिफाको आधिकारिक पृष्ठबाट भनिएको छ – कृपया ध्यान दिनुहोस् कि हिजो (अगस्ट १४) साँझ ७.५० बजे पाकिस्तानको झण्डा देखाइएको थियो।

बुर्ज खलिफाको आधिकारिक इन्स्टाग्राममा राखिएको २०२२ मा पाकिस्तानको झण्डासहित बुर्ज खलिफाको भिडियो र अहिलेको भिडियोमा देख्न सकिन्छ।

बुर्ज खलिफा भवनमा प्रकाशको मद्दतले कसैलाई शुभकामना दिन वा केहि प्रचार गर्न सकिन्छ ।

केही सञ्चारमाध्यमका अनुसार राति ८ देखि १० बजेसम्म तीन मिनेटको प्रचारका लागि करिब सवा १ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

यदि यो प्रवर्द्धन सप्ताहन्तमा अर्थात् शनिबार, आइतबार भयो भने यो मूल्य अझै बढ्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *