चीनले बेरोजगार युवाको तथ्याङ्क सार्वजनिक गर्न प्रतिबन्ध लगायो

डिसी नेपाल
३१ साउन २०८० १४:३८

काठमाडौं । चीनले देशका बेरोजगार युवाको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ । धेरै विज्ञहरूले यी तथ्याङ्कहरूलाई देशमा मन्दीको ठूलो संकेतको रूपमा हेरिरहेका थिए।

अर्कोतर्फ सरकारका प्रवक्ताले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र त्यसको समाजमा आएको परिवर्तनका कारण यस्तो निर्णय गरिएको बताए ।

जुनमा चीनमा १६ देखि २४ वर्ष उमेर समूहका सहरी युवाहरूको बेरोजगारी दर २० प्रतिशत पुगेको थियो, जुन अहिलेसम्मकै रेकर्ड थियो।

अर्थतन्त्रलाई मजबुत बनाउने प्रयासस्वरुप देशको केन्द्रीय बैंकले पनि मंगलबार ब्याजदर घटाएको छ ।

मंगलबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार जुलाई महिनामा चीनमा कुल बेरोजगारी दर बढेर ५.३ प्रतिशत पुगेको छ ।

सरकारका तर्फबाट केही समयका लागि बेरोजगार युवाको तथ्यांक सार्वजनिक गर्न प्रतिबन्ध लगाइएको बताइएको छ । तर, यो प्रतिबन्ध कहिलेसम्म रहने भन्नेबारे भने खुलाइएको छैन ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोका प्रवक्ताले युवा बेरोजगारी दर गणना गर्ने प्रक्रियामा पुनर्विचार गर्न आवश्यक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *