सनी देओलको फिल्म ‘गदर-२’ले इतिहास बनायो

डिसी नेपाल
३१ साउन २०८० १४:५९

काठमाडौं । बलिउड अभिनेता सनी देओलको फिल्म ‘गदर–२ ’ ले हलमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मले १५ अगस्ट अर्थात भारतको स्वतन्त्रता दिवसका दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्दै इतिहास रचेको छ ।

फिल्म समीक्षक तरण आदर्शले ट्वीट गर्दै भने, “गदर २ ले १५ अगस्टमा ऐतिहासिक कमाई गरेको छ। फिल्मले मंगलबार स्वतन्त्रता दिवसमा ५५ करोड कमाएको छ। यो मितिमा अहिलेसम्म कुनै पनि भारतीय फिल्मले यति धेरै कमाएको छैन।”

योसँगै ‘गदर–२’ को हालसम्म कुल कमाई २२८ करोड नाघेको छ । गदर–२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो । फिल्मले शुक्रबार ४० करोड, शनिबार ४३, आइतबार ५१ करोड कमाएको थियो ।

गदर–२ सँगै अन्य कुनै पनि फिल्म रिलिज नभएको भए सनी देओलको फिल्मले बढी कमाइ गर्ने फिल्म विज्ञहरुको विश्वास छ । गदर–२ सँगसँगै ओएमजी–२ पनि रिलिज भएको छ । यो फिल्मले पनि हलमा राम्रो कमाई गरिरहेको छ ।

गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो र फिल्मले त्यतिबेला पनि राम्रो व्यापार गरेको थियो । गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सन्नी देवलका अलावा अमिषा पटेल, उत्कर्ष शर्मा मुख्य भूमिकामा छन् ।

सन्नी देओलले भर्खरै एक अन्तर्वार्तामा भनेका थिए, “म सुरुदेखि नै गदर-२ को लागि नर्भस थिएँ। यो हाम्रो यस्तो फिल्म थियो कि यसको स्वाद बिग्रियोस् भन्ने चाहना थिएन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *