पाकिस्तानमा कुरानको कथित अपमानपछि हिंसा, कार्यवाहक प्रधानमन्त्री र बिलावल भुट्टोले के भने?

डिसी नेपाल
३२ साउन २०८० १४:३८

काठमाडौं । पाकिस्तानको फैसलाबादमा कुरानको कथित अपमान गरेको घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले स्थानीय इसाई समुदायमाथि आक्रमण गरेका छन्।

फैसलाबादको जरनवाला तहसीलमा भएको हिंसामा त्यहाँको एउटा चर्चमा आगजनी भएको छ । यसका साथै क्रिश्चियन कालोनी र त्यस क्षेत्रका केही सरकारी भवनमा समेत तोडफोड गरिएको थियो ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले घटनाप्रति दुःख व्यक्त गर्दै भने, “फैसलाबादको जरानवालाबाट आएका तस्विरहरू देखेर मलाई गहिरो दुःख लागेको छ। जसले कानूनको उल्लङ्घन गर्दै अल्पसंख्यकहरूलाई निशाना बनाएका छन्, उनीहरूमाथि कडा कारबाही गरिने छ।”

“सबै कानून प्रवर्तन एजेन्सीहरूलाई दोषीहरूलाई पक्रन र उनीहरू विरुद्ध कानुनी कारबाही गर्न भनिएको छ। पाकिस्तान सरकार आफ्ना नागरिकहरूसँग समान आधारमा उभिएको छ भन्ने कुरामा मानिसहरू विश्वस्त हुन सक्छन्।”

पाकिस्तानको पूर्व शाहबाज शरीफ सरकारमा विदेशमन्त्री रहेका बिलावल भुट्टो जर्दारीले पनि जरानवाला घटनाप्रति प्रतिक्रिया जनाएका छन् ।

उनले भने, “जरानवाला, फैसलाबादमा गिर्जाघर जलाएको घटना सुन्दा डर लाग्यो। कसैको पूजास्थलको पवित्रता हनन गर्नु पूर्ण रूपमा अस्वीकार्य छ। प्रशासनले क्रिश्चियन समुदाय र उनीहरूका चर्चहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *