चन्द्रयान-३ को ल्यान्डर प्रोपल्सन सिस्टमबाट अलग्गियो

डिसी नेपाल
२ भदौ २०८० १०:०४

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोको चन्द्रयान ३ मिसनले नयाँ कीर्तिमान बनाएको छ । चन्द्रयान ३ को ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग गरिएको छ । जसको मतलब अब यो बिस्तारै चन्द्रमाको सतहतिर सर्नेछ।

इसरोले शुक्रबार दिउँसो ४ बजेसम्म चन्द्रयान ३ को ल्यान्डरलाई चन्द्रमाको सतहको नजिक ल्याउने प्रयास गरिने बताएको छ ।

इसरोका पूर्व वैज्ञानिक मैलास्वामी अन्नादुराईले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै यसलाई कोसेढुङ्गा भनेका छन् ।

उनले भने, ‘यो कोशेढुङ्गा हो । ल्यान्डर र रोभरले यो मिसनलाई कसरी अगाडि बढाउने भनेर भारत मात्र होइन, सारा विश्व पर्खिरहेको छ ।

अब चन्द्रयान ३ को ल्यान्डर र रोभर अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गर्नेछन् ।

केन्द्रीय विज्ञान तथा प्रविधि (राज्य इन्चार्ज) जितेन्द्र सिंहले इसरोको यो सफलतामा टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘यो ठूलो उपलब्धि हो र देशलाई यसमा गर्व छ… विश्वको नजर चन्द्रयान ३ माथि छ र वैज्ञानिक दृष्टिकोणले यो एउटा अनौठो मिसन हो जसलाई भारतले मात्रै नभई विश्वले हेरिरहेको छ । चन्द्रयान शृंखला द्वारा प्रदान गरिएका फोटोहरू प्रायः आफ्नो प्रकारको पहिलो हो।’

सन् १९६९ मा अमेरिकाका नील आर्मस्ट्रङले चन्द्रमामा अवतरण गरे पनि चन्द्रयानले चन्द्रमामा पानीको तस्बिर ल्यायो । यसले त्यहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानव बसोबासको सम्भावना बढाएको छ । यस पटक चन्द्रयान ३ को अवतरणका लागि छनोट गरिएको स्थानका कारण अन्य देशले चन्द्रयान ३ माथि नजर राखेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *