भारत प्रशासित कश्मीरका पृथकतावादी नेताकी पत्नी पाकिस्तानी प्रधानमन्त्रीको सहायक

डिसी नेपाल
२ भदौ २०८० १०:४२

काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरका पृथकतावादी नेता यासिन मलिककी पत्नी मिशाल हुसेन मलिकलाई पाकिस्तानका अन्तरिम प्रधानमन्त्री अनवरुल हक कक्कडको विशेष सहायकमा नियुक्त गरिएको छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा बिहीबार मिशाल हुसैन मलिकलाई ‘मानव अधिकार र महिला सशक्तिकरण’ को सहायक नियुक्त गरिएको बताइएको छ।

मिशाल पाकिस्तानकी नागरिक हुन् र त्यहीँ बस्छिन्।

यासिन मलिकलाई एनआईए अदालतले गत वर्ष मे महिनामा आतंकवादी कोषको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको थियो। त्यसपछि उनकी श्रीमती मिसालले बीबीसीलाई यस विषयमा अगाडि बढ्ने बताइन् ।

यासिन मलिक विरुद्ध देशविरुद्ध युद्ध छेडेको, आपराधिक षड्यन्त्र र गैरकानूनी गतिविधिमा संलग्नता जस्ता गम्भीर आरोप लगाइएको थियो। तर, उनले अदालतमा आफूमाथि लगाइएका सबै आरोप स्वीकार गरेका थिए ।

बिहीबार नै अन्तरिम प्रधानमन्त्रीका विभिन्न मन्त्रीहरुबीच मन्त्रालय बाँडफाँड भएको थियो । यसअन्तर्गत शमशाद अख्तरलाई अर्थमन्त्री, जलील अब्बास जिलानीलाई विदेशमन्त्री र सेवानिवृत्त सेनाका जनरल अनवर अली हैदरलाई रक्षामन्त्री बनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *