किसानलाई मल बिक्री गर्दा सहकारीले बदमासी गरे : कृषिमन्त्री

डिसी नेपाल
२ भदौ २०८० १८:१७

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्री गर्ने क्रममा केहि सहकारीले वदमासी गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामाग्री र साल्ट टे«डिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा बिक्रीवितरण गर्दा त्यसको असर किसानलाई परेको बताएका हुन् ।

उहाले संघीय सरकारले मल भित्राउने मात्रै गरेको बितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको जिकिर गरे । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रीको जिम्मा दिदा गडबढी भएको उनले बताए ।

मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलेदेखि नै नेपालमा भित्रिएको भन्दै आफुहरु सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गर्ने काम भएकाले करिब नियन्त्रणमा आएको दाबी गरे । उनले खेतियोग्य जमिन मध्ये १० लाख ३० हजार बाँझो रहेकाले धान आयात रोक्नै नसकिने बताए ।

उनले बाँझो जमिनको खेतीका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरेको कारण सामूहिक खेतीको अवधारणामा अघि बढ्न सकिने जिकिर गरे । उनले सिंचाई नपुगेका स्थानमा समेत सिंचाईको व्यवस्था गरेर बाँझो जमिनलाई खेती योग्य बनाइने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *