लद्दाखमा भारतीय सेनाको ट्रक भिरबाट खस्दा ९ सैनिकको मृत्यु
काठमाडौं । लद्दाखमा भारतीय सेनाको ट्रक भीरबाट खस्दा ९ जना सैनिकको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह जिल्लामा सेनाको गाडी सडकबाट चिप्लिएर भीरबाट खसेको बताएका छन्।
पीटीआईका अनुसार घटनामा कम्तीमा ९ जवानको मृत्यु भएको छ । अधिकारीहरूले भनेअनुसार दुर्घटना शनिबार साँझ दक्षिणी लद्दाखको न्योमाको केरीमा भएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखको लेहमा भएको भारतीय सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
Pained by the mishap near Leh in which we have lost personnel of the Indian Army. Their rich service to the nation will always be remembered. Condolences to the bereaved families. May those who are injured recover at the earliest: PM @narendramodi
— PMO India (@PMOIndia) August 19, 2023
उनले भने, “लेह नजिकै भएको दुर्घटनाबाट दुःखी छु, जसमा हामीले भारतीय सेनाका जवानहरू गुमायौं। उहाँहरूको देशप्रतिको अतुलनीय सेवा सदैव स्मरणीय रहनेछ । शोक सन्तप्त परिवारजनमा समवेदना । घाइतेहरुको छिट्टै निको होस् ।”
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह जिल्लामा सेनाको गाडी सडकबाट चिप्लिएर खाल्डोमा खसेको बताए।
एजेन्सीका अनुसार घटनामा ९ सैनिकको मृत्यु भएको छ भने एक सैनिक गम्भीर घाइते भएका छन् । अधिकारीहरूले भनेअनुसार दुर्घटना शनिबार साँझ दक्षिणी लद्दाखको न्योमाको केरीमा भएको थियो।
Facebook Comment