रुसको लुना–२५ प्रक्षेपणको भिडियो चर्चामा
काठमाडौं । रुसको लुना-२५ अन्तरिक्ष मिसन चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । अगस्ट ११ मा रुसले यसलाई चन्द्रमामा पठाएको थियो ।
त्यसपछि रूसले एउटा भिडियो जारी गरेर उसले कुनै बाधा बिना वोस्टोचनी कोस्मोड्रोमबाट लुना-२५ सफलतापूर्वक प्रक्षेपण गरेको जानकारी दिएको थियो । रुसले करिब ५० वर्षपछि चन्द्रमामा आफ्नो यान पठाएको थियो ।
लुना–२५ ले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने र चन्द्रमाको सतहमा अवतरण गर्दा सफ्ट ल्यान्डिङ प्रविधिको सूक्ष्मता बुझ्न मद्दत पुग्ने उसले बताएको थियो ।
शनिबार नै लुना–२५ ले पठाएको तस्विर सार्वजनिक गर्दै रुसले लेखेको थियो– चन्द्रमाको अर्को छेउमा स्वागत छ, अर्थात् चन्द्रमाको अर्को पक्षमा स्वागत छ ।
लुना–२५ को पहिलो तस्बिर पठाइएको, त्यसमा जेमान क्रेटरहरू देखिने र यसको लक्ष्य चन्द्रमाको दक्षिणी ध्रुवमा पानी खोज्ने रहेको उल्लेख गर्दै लेखिएको थियो । साथै आगामी दिनमा उत्कृष्ट तस्विरको अपेक्षा पनि व्यक्त गरिएको थियो ।
Facebook Comment