यात्रुवाहक बस त्रिशुलीमा खस्यो

डिसी नेपाल
६ भदौ २०८० १२:१३

मलेखु। काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ।

काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार हालसम्म १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ भने उद्धार कार्य जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *