रुसी अन्तरिक्ष वैज्ञानिकले लुना–२५ दुर्घटनाको कारण बताए

काठमाडौं । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुखले लुना-२५ दुर्घटना भएको एक दिनपछि सोमबार भने कि रुसले चन्द्रमामा पुग्ने दौड जारी राख्नुपर्छ।
युरी बोरिसोभले एक टिभी अन्तर्वार्तामा भने, “कुनै पनि हालतमा हाम्रो चन्द्र अभियानमा बाधा पर्नु हुँदैन, त्यसो गर्नु सबैभन्दा खराब निर्णय हुनेछ।”
लुना–२५ मिसनमार्फत रुसले पश्चिमी मुलुकसँगको बढ्दो दुरीका बीच चन्द्रमामा आफ्नो कमब्याक दर्ता गराउन चाहेको थियो तर विगतमा चन्द्रमाको दक्षिणी ध्रुवमा लुना–२५ को क्र्यास ल्यान्डिङसँगै रुसको प्रयास असफल भएको थियो ।
बोरिसोफले भने, “लगभग ५० वर्षदेखि चन्द्रमाको मिसन रोक्नु नै मिसन असफल हुनुको मुख्य कारण हो। हाम्रा पुर्खाहरूले सन् १९६० र १९७० को दशकमा हासिल गरेको व्यावहारिक अनुभव हामीले गुमायौं।”
बोरिसोफले अन्तरिक्षयानको इन्जिनमा समस्याका कारण दुर्घटना भएको बताए ।
“प्रि-ल्यान्डिङ अर्बिट इन्जिन ८४ सेकेन्डको सट्टा १२७ सेकेन्डसम्म चलेको थियो। अनुसन्धानमा हामीले दुर्घटनाको मुख्य कारण यही हो भन्ने पत्ता लगाए,” बोरिसफले भने।
Facebook Comment