पाकिस्तान नियन्त्रित काश्मिरमा एक जनाको मृत्यु, इस्लामाबादमा भारतीय अधिकारीलाई बोलाइयो
काठमाडौं । पाकिस्तानले एक व्यक्तिको मृत्युको सम्बन्धमा भारतीय राजदूतलाई बोलाएको छ।
पाकिस्तान नियन्त्रित कश्मीरको कोटली जिल्लाका ६० वर्षीय घियासको मृत्यु भएकोमा कडा विरोध भएको छ ।
भारतीय अधिकारीहरूले गरेको गोलीबारीमा उक्त व्यक्तिको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।
यो घटना अगस्ट २१ मा नियन्त्रण रेखाको निकियाल सेक्टरमा भएको थियो।
यस विषयमा भारतीय पक्षलाई घटनाको छानबिन गर्न र युद्धविरामको नियमको सम्मान गर्न भनिएको छ ।
प्रतिक्रिया
Facebook Comment