वाग्नर प्रमुख प्रिगोजिनको मृत्युको खबरबारे अमेरिकी राष्ट्रपति बाइडेनले के भने ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युको खबरमा आश्चर्य व्यक्त गरेनन्।
यसबाट आफू अचम्ममा नपरेको उनले बताए । यसका लागि रुसी राष्ट्रपति पुटिन जिम्मेवार छन् कि भनेर राष्ट्रपतिलाई सोधिएको थियो। यसमा उनले भने – रुसमा धेरै कम मात्र यस्ता कुराहरु हुन्छन् जसमा पुटिनको हात हुँदैन ।
रुसी निजी सेना प्रमुख येभगेनी प्रिगोजिनको निजी विमान रुसको टेभेर सहरमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा सवार सबै दस जना मारिएका छन्।
विमान यात्रुको सूचीमा प्रिगोगिनको नाम पनि परेको छ ।
प्रतिक्रिया
Facebook Comment