पुटिनले ब्रिक्स सम्मेलनमा प्रिगोजिनको विमान दुर्घटनाको उल्लेख गरेनन्, तर के भने ?
काठमाडौं । रुसी निजी सेना प्रमुख येभगेनी प्रिगोजिनको निजी विमान दुर्घटनापछि लामो समयसम्म रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे कुनै प्रतिक्रिया जनाएनन् ।
ब्रिक्स सम्मेलनमा पुटिनले आफ्नो भिडियो सम्बोधनमा यो दुर्घटनाबारे केही भन्न सक्ने अपेक्षा गरिएको थियो, तर त्यसो भएन। भ्लादिमिर पुटिनले आफ्नो सम्बोधनमा प्रिगोजिन वा विमान दुर्घटनाको कतै पनि उल्लेख गरेनन्।
आफ्नो सम्बोधनमा रुसी राष्ट्रपतिले ब्रिक्स र यस समूहको विस्तारको बारेमा कुरा गरिरहे । आफ्नो सम्पूर्ण सम्बोधनमा पुटिनले ब्रिक्सबारे मात्रै कुरा गरे। पुटिनले यस सम्मेलनमा भर्चुअल रूपमा भाग लिए।
उनले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई शिखर सम्मेलनको आयोजना गर्न र विद्यमान पाँच देशभन्दा बाहिर समूह विस्तार गरेकोमा धन्यवाद दिए।
युक्रेनले गरेको कथित युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेपछि पुटिन रुसमा बसेका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले दक्षिण अफ्रिकामा पुटिनको प्रतिनिधित्व गरिरहेका छन् ।
Facebook Comment