चन्द्रमाको सतहमा विक्रम ल्यान्डरबाट प्रज्ञान रोभर यसरी बाहिर निस्कियो, हेर्नुहोस् भिडियो

डिसी नेपाल
९ भदौ २०८० १०:२०

काठमाडौं । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा यात्रा सुरु गरेको छ । इसरोले विक्रम ल्यान्डरबाट प्रज्ञान रोभर बाहिर निस्किएको भिडियो सार्वजनिक गरेको छ ।

ल्यान्डरबाट बाहिर आएपछि प्रज्ञान कसरी चन्द्रमाको सतहमा हिँडिरहेको छ भन्ने यो भिडियोमा देख्न सकिन्छ ।

चन्द्रयान–३ भारतबाट १४ जुलाईमा प्रक्षेपण गरिएको थियो । अगस्ट २३ मा चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्ड गरेको थियो ।

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बनेको छ । भारतभन्दा अगाडि सोभियत संघ, अमेरिका र चीन चन्द्रमामा पुगिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *