मदुरै रेल दुर्घटना : ९ यात्रुको मृत्यु, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिइने
काठमाडौं । मदुरैमा शनिबार बिहान भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मदुरै जिल्ला मजिस्ट्रेट एमएस संगीताका अनुसार, “आइतबार बिहान 5.30 बजे मदुरै रेलवे स्टेशनमा एउटा कोचमा आगो लाग्यो। कोचमा उत्तर प्रदेशका तीर्थयात्री सवार थिए ।
जिल्ला अधिकारीका अनुसार बिहान यात्रुले कफी बनाउन चुलो बाल्दा सिलिण्डरमा विष्फोट भएको थियो । सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला अधिकारीले भने, ‘अहिलेसम्म ५५ जनाको उद्धार गरिएको छ भने ९ जनाको शव फेला परेको छ । उद्धार कार्य अझै जारी छ।”
यसैबीच दक्षिणी रेलवेले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । उत्तर प्रदेशका ती तीर्थयात्रीहरू लखनउबाट चढेर रामेश्वरम जाँदै थिए। मिडिया रिपोर्टका अनुसार एउटा ट्राभल कम्पनीले यात्रुका लागि यो कोच बुक गरेको थियो ।
यो कोच नागरकोइल जंक्शनमा पुनालुर मदुराई एक्सप्रेससँग जोडिएको थियो र मदुरै स्टेशन नजिकै रेलबाट अलग भयो र मदुरैको स्टेबलिङ लाइनमा उभिएको थियो।
रेलवेले जारी गरेको विज्ञप्तिमा यात्रुले अवैध रूपमा ग्यास सिलिन्डर ल्याएको बताइएको छ ।
रेलवेका अनुसार कम्पार्टमेन्टमा आगो लागेपछि धेरै यात्रु तल ओर्लिएका थिए । आगलागी हुनुअघि नै केही यात्रु प्लेटफर्ममा ओर्लिएका थिए ।
यो निजी पार्टी कोचले अगस्ट १७ मा लखनउबाट यात्रा सुरु गरेका थिए । यात्रुहरू आइतवार चेन्नई फर्कने थिए र त्यहाँबाट लखनउ फर्किने थियो।
Facebook Comment