पश्चिम बंगालमा अवैध पटाका कारखानामा विस्फोट, धेरैको मृत्यु

डिसी नेपाल
१० भदौ २०८० १५:२६

काठमाडौं । पश्चिम बङ्गालको राजधानी कोलकातासँग जोडिएको उत्तर २४ परगना जिल्लाको दत्तपुकुरमा आइतबार बिहान एउटा अवैध पटाका कारखानामा विस्फोट हुँदा धेरैको मृत्यु भएको आशंका गरिएको छ ।

यकिन तथ्यांक अहिले नै भन्न नसकिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धेरै गम्भिर घाईते भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएपनि मृतकको संख्या आठ भन्दा बढी हुन सक्ने स्थानीयको दाबी छ ।

फायर स्टेशन अफिसर आशिष घोषले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै पाँच जनाको शव निकालिएको जनाएका छन् ।

यसअघि मे १६ मा मेदिनीपुर जिल्लाको इग्रामा पनि यस्तै कारखाना विस्फोट हुँदा नौ जनाको मृत्यु भएको थियो ।

त्यसपछि मुख्यमन्त्रीको निर्देशनमा प्रहरीले अवैध पटाका कारखानाविरुद्ध व्यापक अभियान चलाएर ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको थियो ।

विस्फोटपछि स्थानीय बासिन्दाको आक्रोश बढेको छ । प्रहरी र प्रशासनको मिलेमतोमा यस क्षेत्रका धेरै घरमा अवैध उद्योग सञ्चालन भइरहेको उनीहरुको आरोप छ ।

बिहान साढे आठ बजे एक्कासी विष्फोट हुँदा दत्तपुकुर क्षेत्र गुन्जिएको स्थानीयले बताएका छन् ।

घटनाको जानकारी पाएपछि ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेपनि स्थानीयले विरोध गर्दै नाराबाजी गरेका थिए ।

उक्त कारखानाविरुद्ध इलाकाका जनताले प्रहरी चौकीमा लिखित उजुरी दिए पनि प्रहरीले कुनै कारबाही नगरेको एक व्यक्तिले नाम न छाप्ने सर्तमा बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *