रुसले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको पुष्टि गर्‍यो

डिसी नेपाल
११ भदौ २०८० १२:४०

काठमाडौं । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको पुष्टि भएको छ।

रुसी अधिकारीहरूले विमान दुर्घटनापछि भेटिएका शवहरूको आनुवंशिक विश्लेषणपछि वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको पुष्टि भएको बताएका छन्।

रसियाको अनुसन्धान समितिले सबै १० पीडितको पहिचान स्थापित भइसकेको र यात्रु सूचीमा रहेका सबै १० जनासँग मेल खाने बताएको छ।

२४ अगस्ट राति रुसको टभर सहरमा भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ । वाग्नर प्रमुख प्रिगोजिनको नाम पनि यो सूचीमा परेको थियो।

विमानमा चालक दलका तीन सदस्यबाहेक सात जना सवार थिए । यसमा वाग्नर सह-संस्थापक दिमित्री उत्किन समावेश थियो।

यस वर्षको जुनमा, येभगेनी प्रिगोजिनले छोटो समयका लागि रुस विरुद्ध विद्रोहको नेतृत्व गरे। तर पछि रुसी सरकारसँगको सम्झौतापछि उनीमाथि लगाइएका सबै आरोप फिर्ता लिएका थिए ।

त्यसपछि उनी बेलारुस गए। तर, त्यसबेलादेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई माफ नगर्ने अनुमान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *