उत्खननमा भेटिएका बेलायती शासनकालका २ सय ४० सुनका सिक्का प्रहरीले चोरेको आरोप

डिसी नेपाल
११ भदौ २०८० १३:४१

काठमाडौं । मध्यप्रदेशको अलिराजपुरका दुई आदिवासी महिलासँग रहेको २ सय ४० ब्रिटिश शासनकालका सुनका सिक्का लुटपाट गरेको अभियोगमा सोण्डवा थानाका पूर्व टीआईसहित चार प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यी व्यक्ति विगत ३५ दिनदेखि फरार थिए । यद्यपि यी सिक्काहरू अहिलेसम्म फेला परेका छैनन्।

अलिराजपुरका प्रहरी उपरीक्षक राजेश व्यासले चारै जनालाई पक्राउ गरी अगष्ट ३१ सम्म प्रहरी हिरासतमा राखिएको बताए । यी व्यक्तिहरू अग्रिम जमानतको लागि प्रयास गरिरहेका थिए।

अलिराजपुरकी रामकु बवाडियाले बताएअनुसार उनी र बुहारी गुजरातको बजारीमा मजदुरी गर्न गएका थिए । त्यही क्रममा सुनका सिक्का फेला परेको र तिनीहरूलाई आफूसँग राखेको बताइन् ।

गाउँ फर्किएपछि २० वटा सिक्का आफूसँग राखेको र बाँकी जमिनमा गाडेको उनले बताइन् । तर यो खबर केही दिनमै गाउँमा फैलियो ।

रामकुका अनुसार जुलाइ १९ मा सादा पोशाकमा चारजना प्रहरी उनको घरमा आएर ती सिक्का लिएर गएका थिए ।

रामकुले भनिन्, ‘प्रहरीले २३९ वटा सिक्का लिएर गए र एक सिक्का हामीसँग राख्यौं ।

त्यसको भोलिपल्ट रामकुले प्रहरीमाथि मुद्दा दायर गरेपछि उच्च प्रहरी अधिकारीले चार प्रहरीलाई निलम्बन गरेका थिए ।

एक अनुमानअनुसार भारतीय बजारमा यी सिक्काको मूल्य एक करोड रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ७ करोडभन्दा बढी रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *