आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा कायम गरिएकाे छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ९८ पैसा र बिक्री दर १६६ रूपैयाँ ७३ पैसामा खरिदबिक्री गरिँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा बराबर भाउँ पाउँदा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा कायम भएकाे छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१६ रुपैयाँ र बिक्री दर ३५.३२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४७ रुपैयाँमा काराेबार हुनेछ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२७.५९ पैसा तथा विक्रीदर ४२९.५३ पैसा कायम भएकाे छ।
Facebook Comment