सिद्धार्थका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
१२ भदौ २०८० ११:१४

काठमाडौं। सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ को लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो।

दुवै फन्डले नगद लाभांश वितरण गर्न बुधबार बुक क्लोज गर्दैछन्। यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन्। दुवैले आर्थिक वर्ष २०७९-८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन्।

सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५% नगद लाभांश वितरण गर्नेछ। यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ ले करसहित ६.५% नगद लाभांश वितरण गर्दैछ। यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ।

सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन्।

यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ। इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो। यी फन्डलाई सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *