इन्डोनेसियाको बालीमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प
जाकार्ता । इन्डोनेसियाको बाली सागर क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा ७ मापन गरिएको थियो ।
यूएस जियोलोजिकल सर्भेको तथ्याङ्क अनुसार भूकम्पको केन्द्र गिली एयर आइल्याण्डको उत्तरपूर्वमा करिब १८२ किलोमिटर टाढा थियो। हाल भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन । साथै, जीवन र सम्पत्तिको क्षतिको बारेमा कुनै जानकारी छैन।
जानकारीका अनुसार बान्युवाङ्गी, बाली र लोम्बोकका केही स्थानमा पनि हल्कादेखि मध्यम भूकम्पको धक्का महसुस गरिएको छ । आगामी दिनमा परकम्पको सम्भावना रहेको छ । यसअघि गएको नोभेम्बरमा इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्पका कारण ३ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यहाँ हजारौं मानिस घाइते भए ।
प्रतिक्रिया
Facebook Comment