रूसले पाकिस्तानलाई धम्की दियो
काठमाडौं । भारतका लागि रुसका राजदूत डेनिस अलीपोभले पाकिस्तानले युक्रेनलाई हतियार पठाएको समाचारप्रति आफ्नो प्रतिक्रिया दिएका छन् । रुसी राजदूत अलिपोभले भने, “हो, यस्ता धेरै रिपोर्ट र जानकारी प्राप्त भएका छन्, हामी यो विषयलाई गम्भीरताका साथ लिइरहेका छौं। यदि यो सत्य सावित भयो भने स्पष्ट रूपमा यसलाई रूसको विरुद्धमाभएको गतिविधि मानिनेछ, जसलाई बेवास्ता गर्न सकिँदैन।”
रुसी राजदूतले भने, ‘हामीले त्यस्ता रिपोर्ट र समाचारलाई गम्भीरताका साथ लिन्छौँ, किनभने त्यसले प्रत्यक्ष रूपमा जमिनको अवस्थालाई असर गर्छ ।’ रुसी राजदूतले यस्तो अवस्थाले शान्तिका साथ विवाद अन्त्य गर्ने प्रयासमा बाधक नबनोस् भन्ने पनि आफूले हेरिरहेको बताए ।
केहि समयदेखि धेरै यस्ता रिपोर्टहरू आएका छन् जसमा पाकिस्तानले युक्रेनलाई हतियार आपूर्ति गरिरहेको दाबी गरिएको थियो। जब यो मामिलाले उग्र रुप लियो, तब पाकिस्तानको विदेश मन्त्रालयले स्पष्टीकरण दिँदै सबै दावीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको थियो।
रुस र युक्रेन युद्धमा पाकिस्तानको भूमिका सधैं तटस्थ रहेको बताउँदै पाकिस्तान पक्षबाट भनिएको थियो -‘पाकिस्तानबाट युक्रेनलाई कुनै पनि प्रकारको हतियार दिइएको छैन ।’
पछिल्ला केही महिनादेखि यस्ता रिपोर्टहरू बाहिर आइरहेका छन्, जसमा पाकिस्तानले युक्रेनलाई हतियार आपूर्ति गरेको दाबी भइरहेको छ । जुलाई महिनामा युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले पाकिस्तानको भ्रमण गरेपछि अनुमानको बजार झनै तातेको थियो । आफ्नो भ्रमणका क्रममा युक्रेनका विदेशमन्त्रीले पाकिस्तानी सेनाका उच्च अधिकारीसहित अन्य ठूला व्यक्तिसँग भेटघाट गरेका थिए ।
त्यसबेला पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले युक्रेनका विदेशमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन पनि गरेका थिए । तर, पत्रकार सम्मेलनमा बिलावल भुट्टोले पाकिस्तानले युक्रेनलाई हतियार दिएको आरोपको खण्डन गरेका थिए ।
पत्रकार सम्मेलनमा बिलावल भुट्टोले रुस र युक्रेनमा बसोबास गर्ने मानिसहरु आरामसँग बस्न सक्ने गरी दुई देशबीच छिट्टै शान्ति स्थापना हुने विश्वास व्यक्त गरे ।
गत वर्ष फेब्रुअरीमा सुरु भएको रुस र युक्रेनबीचको युद्ध विगत डेढ वर्षदेखि चलिरहेको छ । दुई देशबीच मेलमिलापको सम्भावना देखिएको छैन । युद्धमा एउटा शिविर अमेरिकाको समर्थनमा पश्चिमी मुलुकको छ भने अर्को क्याम्पमा रुस र चीन जस्ता महाशक्तिहरू छन् ।
Facebook Comment