टेलिफोनको बिल अढाइ करोड आएपछि महिलाको होस उड्यो, कम्पनीले भन्यो ‘कुनै गडबडी भएको छैन’
काठमाडौं । जब एक महिलाको फोनको बिल आयो उनी छक्क परिन्। वास्तवमा यो यति धेरै थियो कि उनले सपनामा पनि सोचेकी थिइनन् । त्यसपछि सेलिना नामकी यी महिलाले आफ्नो सेवा प्रदायक टी मोवाइललाई बिल सच्याउन फोन गरिन्। अर्कोतर्फ टी मोवाइलले बिल सही भएको तर्क गरेको छ।
अमेरिकाको फ्लोरिडाकी यी महिलाको बिल २ लाख १ हजार डलर (अर्थात् २ करोड ६५ लाख रूपैयाँ) को थियो। सेलिनाले आफ्नो फोनको बिल आफ्ना दुई भाइहरूसँग साझा गर्थिन् जो अपांग थिए र टेक्स्ट र डाटा कम्युनिकेशनमा निर्भर थिए। तर यसका बावजुद उनको फोनको बिल सामान्यतया १६५ डलरजति आउँथ्यो । यस्तो अवस्थामा सेलिना बिल गलत भएकोमा ढुक्क थिइन् ।
सेलिनाले आफ्नो सेवा प्रदायक टी मोवाइललाई बिल सच्याउन फोन गर्छिन्। अर्कोतर्फ टी मोवाइलले बिल सही भएको तर्क गरेको छ। सेलिनाको दावीको बावजुद कम्पनीले उनको बिल २ लाख डलर नाघेको बारे सूचित गर्न असफल भयो, टी मोवाइलले उनलाई बेवास्ता गर्यो।
मियामी टिभी स्टेशन डब्लुएसभीएन-टिभीले उनको तर्फबाट हस्तक्षेप गर्दा सेलेनालाई राहत मिल्यो। त्यसपछि फोन कम्पनीले बिल घटाएर २,५०० डलर बनाउन र तिर्न ६ महिनाको समय दिन राजी भयो।
तर प्रश्न यो थियो कि यदि यति उच्च बिल सही थियो भने कसरी आयो? वास्तवमा जब सेलिनाका दुवै भाइहरू एक हप्ताको लागि अमेरिकाबाट क्यानाडा आएका थिए उनीहरूलाई विदेश सेवा र उनीहरूले खपत गरेको ठूलो मात्राको डाटा दुवैको लागि शुल्क लगाइयो। डेली स्टारका अनुसार ती महिलाले विदेशी प्रयोगका सर्त र प्रतिबन्धहरू पढेकी थिइनन्।
स्रोतका अनुसार उनका भाइहरूले २ हजार भन्दा बढी टेक्स्ट म्यासेज र भिडियोहरू डाउनलोड गरेका थिए, जसको डाटा चार्जमा मात्रै उनको १९ हजार डलर भन्दा बढी खर्च भयो। फोनको बिल आएपछि सेलेना स्तब्ध भइन्।
Facebook Comment