के ‘गदर-२’ पाकिस्तान विरोधी फिल्म हो ? सनी देओलले दिए यस्तो जवाफ

डिसी नेपाल
१३ भदौ २०८० ११:५०

काठमाडौं । अभिनेता सनी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार गदर–२ ले अहिलेसम्म ४६० करोड कमाइसकेको छ ।

चलचित्र ‘गदर–२’ को चर्चा सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म पनि भइरहेको छ । त्यस्ता भिडियोहरू पनि देखिएका थिए जसमा मानिसहरूले फिल्म हेर्दा पाकिस्तान मुर्दाबादको नारा लगाएका थिए।

फिल्म ‘गदर–२’ को पाकिस्तानमा पनि चर्चा भएको थियो । सनी देओलले फिल्मको सफलताबारे बीबीसी एशियन नेटवर्कसँग विशेष कुराकानी गरेका छन् ।

गदर-२ लाई पाकिस्तान विरोधी फिल्म मान्नेहरुलाई के जवाफ दिनुहुन्छ ?

बीबीसी एशियन नेटवर्कका आरोन रसिदले सोधेको यो प्रश्नको जवाफमा सनी देओल भन्छन्, ‘हेर्नुस्, सन् १९४७ मा विभाजनपछि एकअर्काप्रति घृणा बढेको थियो । जे भयो त्यो भइसक्यो । म सधैं भन्छु कि यो सबै मूलतः राजनीतिसँग सम्बन्धित विषय हो। यो वास्तविक मान्छेको सोच हैन। वास्तवमा त्यहाँ एउटा मात्र माटो छ। हामी यहाँ उस्तै छौं ।

सनी देओलले भने, ‘फिल्म भएपछि हिरो हुन्छ । खलनायक हुन्छ। यसरी कथा अगाडि बढ्छ । फिल्ममा मेरो क्यारेक्टर हेर्नुभयो भने मैले कसैलाई अपमानित गर्ने प्रयास गरेको छैन किनकि मलाई यसमा विश्वास छैन।

सनी भन्छन्, ‘फिल्मको पात्र तारा सिंह त्यस्तो व्यक्ति होइनन् । म सिनेमामा विश्वास गर्छु । तर कहिले काही फिल्मको कथा यस्तो हुन्छ । जस्तो कि मैले बोर्डर फिल्म गरें । जुन युद्धको कथा थियो ।

अन्तर्वार्तामा सनी भन्छन्, ‘हामीले त्यो फिल्ममा जे भनेका थियौं त्यो सेनाबाट प्राप्त सूचनामा आधारित थियो किनभने उनीहरूलाई के भएको थियो भन्ने थाहा थियो । त्यहीँबाट संवाद लियौँ । तर मानिसहरूले चीजहरू धेरै फरक रूपमा लिन्छन्।

सिनेमाको बारेमा कुरा गर्दै सनी भन्छन्, ‘सिनेमाले पक्ष लिन खोजेको होइन । यो विश्वव्यापी छ। हामी सबैको लागि हो। तर कुनै वर्गका मानिसहरूले यसलाई जसरी लिन्छन्, त्यसपछि मात्रै बहस सुरु हुन्छ। जनमत बनाइन्छ । तर अधिकांश जनताले त्यसो गर्दैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *