नेपालमा जनरल गद्दाफी बन्ने पालो कसको ?
सन् २०११ अक्टुवर २० मा लिवियाका पूर्व राष्ट्रपति जनरल मोहम्मद गद्दाफीलाई आफ्नै जनताले सडकमा घिसारी–घिसारी मारे । उनले आफ्नो देशका जनतालाई केही नराम्रो गरेका थिएनन् । न त उनी गद्दार थिए, न भ्रष्टाचारी ! गद्दाफीले जनतालाई आफ्नै परिवार जस्तो ब्यबहार गर्दथे ।
गद्दाफीले जनतालाई स्वास्थ्य, शिक्षा, पानी, बिजुली, ग्यासदेखि सबै सरकारले नै गरिदिने व्यवस्था गरेका थिए । यसको कुनै बिल जनताको घरमा आउँदैनथ्यो । जनतालाई ऋण चाहियो भने बिना ब्याजमा ऋण उपलब्ध गराउने । किसानका लागि बीउबिजन, मलखाद सबै सरकारलेनै उपलब्ध गराउने गरेको थियो ।
कसैलाई गाडी किन्नु परेमा गाडिको आधा रकम सरकारले नै उपलब्ध गराउँथ्यो । लिबियाका जनताहरुको आफ्नो घर होस् भन्ने चाहना पूरा पनि सरकारले नै गरिदिने, बिना ब्याज ऋण दिने, कलकारखाना खोल्न सरकारले फ्रीमा तालिमको ब्यवस्था गरिदिने गर्दथे । त्यस्तै बिवाह गर्नेहरुलाई घर बनाउन सरकारले ५० हजार डलर सितैंमा दिने, आफ्ना बच्चाहरूलाई जुनसुकै स्कुलमा पढाउन चाहन्छन् त्यो सहुलियत पनि थियो ।
बच्चाहरुलाई पढाउन पठाएबापद आमाहरुलाई सरकारले भत्ता दिने उनीहरुको सबै रकम प्रत्येक महिना सरकारले बैंकमा जम्मा गरिदिन्थ्यो भनिन्छ । तर पनि जनताले उनलाई त्यस्तो दर्दनाक अबस्थामा किन मारे ? प्रश्न उठ्छ । जनतालाई यति धेरै सुविधा सम्पन कसरी गर्न सक्थे भन्ने ? यो सबै तेल बेचेर आएको रकमबाट जनतालाई सुविधा दिएका थिए । उनी भ्रष्टाचारी, गद्दार देशद्रोही थिएनन्, भन्ने जनताको भनाई छ ।
एक पटक संसार भरि आर्थिक संकट हुंदा लिवियामा पनि त्यसको असर पर्यो, त्यही मौका छोपेर अमेरिकाले लिवियाका जनता भडकाउन थाल्यो सानो झिल्कोलाई निभ्न नदिएर अझै दन्काउने गर्यो । जनता भड्किन थाले त्यहि मौका छोपेर बिदेशी मूलुकले लिवियाको सहयोगका लागि भन्दै १०–१२ मूलुकका सैनिकहरु प्रबेश गर्दै उनी ५५–६० ओटा गाडिहरु सहित शहर जांदै गर्दा ड्रोन हमलाबाट उनलाई आक्रमण गरी एउटा ठूलो हिमपाईप भित्र लुकेर बसेको अबस्थामा गोली प्रहार गर्दै मार्न सुरु भयो । गद्दाफीले आफु मर्दै गर्दा अनुहारमा बगेको रगत पुछ्दै भनेका थिए – यदी म जान्छु भने यो देशको सबै सान्, सौकत र भाग्य सबै लिएर जान्छु, म मरेपछि जनताले पश्चाताप गर्नु पर्नेछ ।
उनको लास नालीको पाइपमा भेटियो । तीनदिन पछि दफन गरियो । आज लिबियाली जनताको जीवन गएगुज्रिएको दयनीय अबस्थामा छ । सधै भरी, बम बारुदको हमला, नारकीय जीवन भएको छ भन्ने सुनिन्छ । यो सबै किन भयो भन्दा गद्दाफी अमेरिकालाई मान्दैनथे । सबै मुस्लिम देशहरु एक हुनुपर्छ अन्यथा एक–एक गरेर हामीलाई सिध्याउने छ भन्ने उनको आह्वान थियो । एक हुदै पनि थिए । उक्त बिद्रोह शक्ति राष्ट्रहरुको लागि खतरा ठानियो र गद्दाफीको अन्त्य गरियो ।
जनरल गद्दाफी यति राम्रो देशभक्त, जनता, राष्ट्र सेवक हुदाहुदै पनि जनताले त्यो कुरा बुझ्न नसक्दा लिविया सङ्कटमा छ भनिदै छ । लिविया धेरै धनी मुलुकमा पर्दथ्यो । गद्दाफीले सुन मात्र १४३ टन राखेका थिए । त्यही सुन बेचेर डलर आम्दानी गर्ने र लिवियाको रुपैयामा सटही हुंदा त्यो रकम धेरै ठूलो आम्दानी हुने सोही रकमबाट आफ्ना जनताको सम्पूर्ण माग, आबश्यक्ता पुरा गर्ने यति उदारवादी राजनेता थिए भनिन्छ । तर त्यो सुन सबै अमेरिकाले लग्यो भनिन्छ ।
गद्दाफी बिदेश भ्रमणमा जाँदा सरकारको खर्च नलिने, विदेशमा गएर पाँचतारे होटलमा नबस्ने, समुन्द्रको किनारामा आफ्नै क्याम्प बनाएर बसेको सबैले मिडियामा देखेकै कुरा हो । श्री ५ बीरेन्द्र सरकारको बेलग्रेड सम्मेलनमा भाग लिन सवारी हँुदा गद्दाफीको पनि उपस्थिति थियो । तर उनी बस्नका लागि उपलब्ध गराइएको होटलमा नबसी समुन्द्रको किनारमा घोडाबाट गएको र क्याम्प बनाएर बसेको नेपाल टेलिभिजनले देखाएको सबैलाई अहिले पनि यादै होला ।
आज हाम्रो देश पनि त्यस्तै खतरामा पर्दै छ । एमसीसीको आगमन नेपाली जनताको भलाई र साँच्चै सहयोगको लागि नभै हाम्रा छिमेकी दुई ठुला बिशाल राष्ट्र, अर्थतन्त्रमा बिश्वलाई चुनौती बन्दै गएको चाईना र नेपालको बहुमुल्य खानीहरु र युरेनियममा आँखा गाडेर नेपाललाई सहयोगको हरियो घाँस देखाउँदै आएको हो भन्ने सबैले बुझेका छन् ।
नबुझेका अथवा बुझपचाएर देशै बेच्न अग्रसर भएका शत्तासीन नेताहरु मात्र हो भन्ने कुरामा दुईमत नहोला ? यो रकम लिन आतुर छन् किन ? ५५–६० अरब अमेरिकी पैसा ठूलो होइन । त्यो भन्दा बढी खरबौं, खर्बको भ्रष्टाचार देशमा भैरहेको छ । भ्रष्टाचारबाट कमाएको रकम बिदेशी बैंकमा उत्तिकै लगेर राखेको खवर दैनिक सुनिएको छ ।
भ्रष्टाचार मात्र रोक्न सक्ने र अन्तर्राष्ट्रिय तस्कर, माफिया, बिचौलियालाई रोक्न मात्र सके देश बिकास गर्न यस्तो भिख लिनै पर्दैन । त्योभन्दा बढी उत्तरी चीन, रुसले विना ऋण उद्योग धन्दाहरु, पूर्व पश्चिम रेलमार्ग बनाई दिन्छु भनेर दिएको प्रोजेक्ट हाम्रो सरकारले स्वीकार्न सकेको छैन किन ? नेताहरुले अग्रिम कमिसन खाइसकेका हुनाले त हैन ? या मारिएला भन्ने डरले हो ?
नेपाली जनताहरु एमसीसीको रकम चाहिदैन एसपीपी लागु गर्न पाईदैन भनेर चिच्याई रहेका छन् । बुद्धिजिवी, नागरिक समाज, जनता सबैको एउटै आवाज छ । नेपाल गरिब छैन हाम्रै श्रोत, साधन देशमा भएको खानीहरु संचालन गर्न सक्ने हो भने नेपालले आफ्नो बिकास आफै गर्न सक्छ । तर नेताहरुले देशलाई भिख मगुवाको रुपमा चिनाउदै छन् । जनताले यो चाहदै चाहदैनन् यो अस्वीकार्य छ ।
सन् १९९० को दसक पछि विश्व एक धु्रबमा आएको थियो । तर अब त्यो अबस्था छैन् । ब्रिक्सले आफ्नो उपस्थिति देखाई सकेको छ र फेरी विश्व यूनिपोलरबाट बाईपोलरमा जांदै छ । अफ्रिकन मूलुकहरु एक हुदैछन् । धेरै मूलुकहरु ब्रिक्ससंग आबद्ध हुदैछन् । अब कसैसंग त्यतिधेरै डराउनु पर्ने अबस्था छैन् । यसको लागि भारतले हाम्रा नेताहरुलाई एक–एक गरी बोलाएर एमसीसी र एसपीपी कुनै हालतमा लागु नगर्न भनिरहेको थियो । तर हाम्रा सत्तासीनहरु दुबै छिमेकीलाई चिढाएर किन लागु गर्न मरिहत्ते गरिरहेका छन् ।
देशलाई कमजोर, नेपालीहरुलाई असुरक्षित बनाउदै यो परियोजना यदि लागु गरियो भने भोलि लिवियाको हालत र नेताहरुको कर्नल कद्दाफीको जस्तो हालत नहोला भन्न सकिन्न । तर भदौ १३ गतेबाट लागु भइसकेको छ । यसले हामी कुन दिशामा गइरहेका छौं भन्ने देखाइसकेको छ । यसमा अझै चेत खुल्न ढिलो नहोस । जनताले अब यो सहन सक्छन भन्ने लाग्दैन । बाँकी हाम्रो काम सुझाव दिने हो । चेतना आउने नआउने निर्भरता नेताहरुलाई नै छाडिदिउँ तर पनि अर्थ मन्त्रीले सही गरिसकेका छन् ।
जनता केहि होईनन्, हामीले जे गरे पनि हुन्छ भन्ने तानाशाही प्रवृत्ति सरकारले देखाएकोमा सरकार, संसद बाहिर भएका पार्टीहरुको बिरोधलाई कत्ति पनि गनेको छैन् । पार्टीहरुको तानाशाही रुपलाई अब सहेर बस्ने की प्रतिबादमा उत्रने सबैले गम्भीर भएर सोच्ने दिन आइसक्यो ।
जनतालाई त्यति कमजोर सम्झने भुल नेताहरु र सरकारले गरेको छ । यो अतिनै भयो कसरी देशको कल्याण होला ? देशमा भएका २ करोड र बिदेशमा भएका सवा करोड जनताले गभ्भिरतापूर्वक लिनु पर्छ । हैन भने लिवियाको जनरल गद्दाफी बन्ने पालो अब नेपाली नेताको आउन सक्छ । बाँकी पशुपतिनाथले नै रक्षा गरुन । जय नेपाल ।
Facebook Comment