इजरायली खेलाडीसँगको तस्विर सार्वजनिक भएपछि इरानले आफ्ना खेलाडीलाई आजीवन प्रतिबन्ध लगायो
काठमाडौं । इरानले वर्ल्ड मास्टर्स च्याम्पियनसिपमा सहभागी इजरायली खेलाडीसँग हात मिलाएको र कुरा गरेको भन्दै आफ्ना एक खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।
इरानी भारोत्तोलक मुस्तफा राजाईले प्रतियोगितामा रजत जितेका थिए र पोडियममा इजरायली कांस्य विजेताको छेउमा उभिएको देखियो। त्यसपछि इरानको भारोत्तोलन महासंघले उनलाई प्रतिबन्ध लगाएको थियो ।
इरानले खेलाडीहरूलाई इजरायलका खेलाडीहरूसँगको प्रत्यक्ष प्रतिस्पर्धामा भाग लिन प्रतिबन्ध लगाएको छ। नतिजाको रूपमा इरानी खेलाडीहरूले प्रत्यक्ष खेलहरूबाट बच्न प्रायः खेलहरू छोड्छन् वा चोटको बहाना गर्छन्।
४० वर्षीय रजाई शनिबार इजरायली खेलाडी म्याक्सिम स्विर्स्कीको छेउमा उभिँदा आफ्नो देशको झण्डामा बेरिएका थिए।
दुवै जना पोल्याण्डमा भारोत्तोलनका “भेटेरान्स” को लागि गैर-व्यावसायिक प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका थिए।
रजाईले थाइल्याण्डमा भएको २०१५ एसियाली भारोत्तोलन च्याम्पियनसिपमा इरानको प्रतिनिधित्व गरेका थिए र उनी इरानी राष्ट्रिय टोलीका पूर्व सदस्य हुन्।
इरानको राज्य समाचार एजेन्सी इर्नाले रिपोर्ट गरेको छ कि उनले “इस्लामिक गणतन्त्रको सीमा उल्लंघन” गरेका छन् ।
यसअघि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले खेलाडीहरूलाई २०२१ मा पदक प्राप्त गर्दा इजरायली प्रतिद्वन्द्वीसँग हात नमिलाउन भनेका थिए।
देशको यो नियम मान्न अस्वीकार गर्दै केही इरानी खेलाडीले देश छोडेका छन् ।
चेस खेलाडी अलिरेजा फिरोजा पनि तीमध्ये एक हुन्, उनले पनि २०१९ को च्याम्पियनसिप खेलमा इजरायली खेलाडीसँग खेल्ने तय थियो तर देशको नियमका कारण उनलाई प्रतियोगिता खेल्न दिइएन । घटनापछि उनले इरान छाडेकी थिइन् ।
Facebook Comment