जी-२० मा चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत आउँछन् कि आउँदैनन् ?

डिसी नेपाल
१६ भदौ २०८० १०:१६

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर ९-१० मा दिल्लीमा हुने जी-२० बैठकमा सहभागी हुने वा नहुने भन्ने औपचारिक जानकारी भारतले अहिलेसम्म प्राप्त गरेको छैन ।

समाचार एजेन्सी रोयटर्सले बिहीबार बिहान प्रसारण गरेको समाचारमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत आउने सम्भावना न्यून रहेको बताइएको छ ।

यसपछि भारतीय मिडियाले यस विषयमा भारत सरकारसँग जानकारी लिन खोजेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यस विषयमा जानकार व्यक्तिहरूले हालसम्म भारत सरकारले सी जिनपिङको आगमनको औपचारिक जानकारी नपाएको बताएका छन्।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त बैठकमा सहभागी हुन दिल्ली आउन नसक्ने बताएका थिए । यसपछि रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ यो सम्मेलनमा भाग लिन दिल्ली आउँदैछन् ।

तर, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत पश्चिमी मुलुकका नेता तथा अष्ट्रेलिया, जापान र ब्राजिलका नेताहरुको सहभागिता रहने औपचारिक जानकारी प्राप्त भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *